कमलबजारमा घरेलु मदिरा नष्ट गर्न सक्रिय हुँदै प्रहरी
अमर धामी ,कमलबजार अछाम
इलाका प्रहरी कार्यालय कमलबजार घरेलु मदिरा नष्ट गर्न सक्रिय भएको छ ।
इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ६ सय लिटर घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थ र कमलबजार नगरपालिका . ६ बिरपथबाट ल्याउँदै गरेको २० लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरिक्षक लोकेन्द्र सिंह गुरुको कमान्डमा खटिएको टोलिले कमलबजार नगरपालिका ८ पास्तोलिमा घरेलु मदिरा बनाउन प्रयोग गरीने कच्चा पदार्थसहित भाँडाँकुडा बरामद गरि नष्ट गरेको हो ।
साथै टोलिले नगरपालिकाकै डुंगालामा २५० वटा गाँजाका बिरुवा समेत नष्ट गरेको छ । घरेलु मदिरा बनाउन तथा विक्रिवितरण गर्न गैरकानुनि भएकाले सो कार्यमा संलग्न व्यत्तिलाई नगर कार्यपालिकाको निर्णय अनुसार कारबाहि गरीने इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले बताउनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया