रुसलाई स्विफ्ट बैंकिङ प्रणालीबाट अलग गरिने, अन्तर्राष्ट्रिय आर्थिक कारोबार गर्न नपाउने
काठमाण्डौ । रुसी बैंकहरुलाई स्विफ्ट नामक अन्तरबैंकिङ कारोबार प्रणालीबाट अलग गरिने भएको छ। अमेरिका, क्यानडा र बेलायतसमेत आबद्ध पश्चिमा देशहरुको गठबन्धनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्ने निर्णय गरेको हो।
रुसविरुद्ध कडा कदमहरु चालिएको घोषणा गर्दै युरोपेली आयोगकी प्रमुखले उक्त कदमको उद्देश्य राष्ट्रपति पुटिनको युद्धमा लगानी गर्ने क्षमतामाथि प्रहार गर्नु रहेको बताएकी छन्। उनले रुसी बैंकहरुलाई स्विफ्टबाट अलग गर्दा उनीहरूका अन्तर्राष्ट्रिय आर्थिक कारोबार वञ्चित हुने र रुसको आयातनिर्यात अवरुद्ध हुने उल्लेख गरिन्।
यस्तै रुसी केन्द्रीय बैंकलाई अन्तर्राष्ट्रिय कोषको परिचालनमा बन्देज पनि लगाइने भएको छ। – एजेन्सी
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया