Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ३१ बैशाख २०८१

२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून

२५ सयनजिक आयो नेप्से, दुई महिनायताकै न्यून

नेप्से परिसूचक एकोहोरो घट्न थालेसँगै दुई हजार पाँच सयको बिन्दुमा आइपुगेको छ । बुधबार नेप्से परिसूचक एकै दिन ६३ दशमलव ५४ अंक (२ दशमलव ४३ प्रतिशत)ले घटेर दुई हजार पाँच सय ४७ दशमलव शून्य ४ बिन्दुमा आइपुगेको हो । यो करिब दुई महिनायताकै न्यून बिन्दु हो । यसअघि गत १४ पुसमा नेप्से परिसूचक दुई हजार पाँच सय २४ बिन्दुमा थियो । हाल नेप्सेले कायम गरेको बिन्दु त्यसयताकै न्यून हो । 

बुधबार धितोपत्र र ऋणपत्र गरि कारोबारमा आएका दुई सय २८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर खरिद–बिक्रीहुँदा तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल इन्स्योरेन्स कम्पनी छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफापछि आठ वर्षयताकै कम लाभांश घोषणा गरेको छ । यहीकारण, कम्पनीको मूल्यसमेत ४ दशमलव ६० प्रतिशतले घटेको छ । 

त्यस्तै, नेपाल टेलिकमको पनि सेयर किचेबच बढिरहेको छ । बुधबार कम्पनीको १४ करोड १९ लाख रुपैयाँको कारोबार भएर दोस्रो ठूलो कारोबार हुने कम्पनीमा दरिएको छ । लाभांश हल्लाले कम्पनीको मूल्य बढिरहेको हो ।  कारोबारमा आएका १३ वटा समूह सूचकमा सबैभन्दा धेरै फाइनान्स समूह, विकास बैंक, उत्पादमूलक, जलविद्युत् समूह, जीवन बिमा, लगानीगत समूहको सूचक तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया