संकटग्रस्त श्रीलंकामा इन्धन वितरण गर्न सेना परिचालन, तेलको लाइन बस्दा ३ जनाको मृत्यु
श्रीलंका सरकारले आफ्नो सेनालाई देशभरका सयौं पेट्रोल पम्प र मट्टितेल वितरण केन्द्रमा सैनिक तैनाथ गर्न आदेश दिएको छ । प्रमुख उपभोग्य वस्तुहरुको मूल्यमा अचानक वृद्धि र इन्धन संकटका कारण हजारौं मानिसहरुलाई घण्टौं लाइनमा बस्न बाध्य भएपछि श्रीलंका सरकारले मंगलबार उक्त आदेश दिएको हो । सेनाका प्रवक्ताका अनुसार प्रत्येक पेट्रोल पम्पमा २ जना सेना परिचालन हुनेछन् । उनिहरुले इन्धन वितरण व्यवस्थित गर्न मद्दत गर्नेछन् ।
श्रीलंकामा गत साता तेलको लामो लाइनमा पालो पर्खिरहेका ३ जना वृद्धहरुको मृत्यु भएको थियो । अर्कोतर्फ, आपूर्ति अभावले तनावग्रस्त नागरिकहरु हिंसात्मक बन्न थालेका छन् । सोमबार सवारी चालकसँग विवाद परेपछि एक व्यक्तिमाथि छुरा प्रहार भएको थियो । आर्थिक संकटग्रस्त श्रीलंकामा विरोधका घटनाहरु पनि बढ्दै गएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया