Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २१ बैशाख २०८१

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन असार १७ गते आईतबारका दिन उद्घाटन हुने भएको छ । चौरपाटी गाउँपालिकाको नव निर्मित भवनको उद्घाटन नेपाल सरकारका परराष्ट्र मन्त्रि नारायण प्रकाश साउँदले गर्नुहुने चौरपाटी गाउँपालिकाले जनाएको छ ।

विगत ५ बर्ष देखि घर बहालमा संचालन हुँदै आएको चौरपाटी गाउँपालिकाको कार्यालय यहि असार १७ गतेबाट आफ्नै भवनमा संचालन हुने कुरा चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिनुभयो । भवन निर्माणको कार्य केहि महिना अघाडिनै सकिएपनि रंग रोगन र फर्निचर व्यवस्थापन लगाएतका काम गर्न अलि समय लागेकोले असार १७ गते बाट गाउँपालिकाले आफ्नै कार्यालयबाट सेवा दिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया