दार्चुलामा नेपाल–भारत जोड्ने झोलुंगे पुलको लट्ठा चुँडियो, आवतजावत बन्द
दार्चुला । दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो ।
पुलको लट्ठा चुँडिदा पुलमा आवतजावत बन्द भएको छ । पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
पुलको लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको प्रशासनले जनाएको छ ।
पुलमा आवतजावत बन्द भएपछि दुवै देशका नागरिकलाई समस्या भएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया