डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता
धनगढी । डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका छन्। मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले बताए।
बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका लागि आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया