महाकाली नदीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह
धनगढी । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीमा जलसतह बढेको जनाएको छ ।
शनिवार बिहान एक सूचना जारी गर्दै विभागले महाकाली नदीको डडेलधुरास्थित पारिगाउँ बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह ५.८० मिटर नजिक पुगेको जनाएको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूले दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया