आज साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै
आज खिर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो ।
दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।
हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको विश्वास छ ।
चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खिर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया