धनगढीको मुस्कान डेन्टलले सिरिज ईन्टरनेशनलका कर्मचारी र परिवारलाई छुट दिने
धनगढी । कैलालीको धनगढीमा अत्याधुनिक सेवा सहितको दन्त अस्पताल मुस्कान डेन्टल होमले सिरिज ईन्टरनेशनल प्रालिका कर्मचारी र कर्मचारीका परिवारहरुलाई बिशेस छुटसहितको सेवा प्रदान गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको होमले २० प्रतिशत छटसहित सेवा प्रदान गर्ने भएको हो ।
बुधवार मुस्कान डेन्टल होम र सिरिज ईन्टरनेशनल प्रालि बिच सहमति गरिएको छ । प्रदेशमै नभएको एन–क्लास डिजिटल स्टेरिलाईजेसन प्रविधिद्धारा स्टेरिलाईजेसन गरिनुका साथै होममा दाँत खोल्ने, दाँत लगाउने, सफा गर्ने, सास गन्हाउने समस्याको उपचार, कीरा लागेको दाँत भर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँत मिलाउने साथै दाँतको जरैदेखि आरसीटी उपचार गर्ने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँत एक्सरे गर्ने लगायत दाँतसम्बन्धी समस्याको उपचार हुने गरेको होमका सन्दीप शर्माले जानकारी दिए ।
पारिवारिक वातावरणीय सेवा प्रवाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको होममा ज्येष्ठ नागरिकहरुलाई विशेष छुटको व्यवस्था गरिएको शर्माले बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया