गौरीगंगामा ग्रामीण विद्युत सहकारीको विद्युत महशुल एकरुपता गर्न छलफल
धनगढी । गौरीगंगा ग्रामीण विद्युत सहकारी संस्था समन्वय समिति चौमालाको आयोजनामा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यक्रम चौमालामा सम्पन्न भएको छ ।
गौरीगंगा नगरपालिका भित्रका सबै ग्रामीण विद्युत सहकारी संस्थाहरुको विद्युत महशुल एकरुपता कायम गर्न छलफल गरिएको हो । कार्यक्रम प्रमुख अतिथि रहेका गौरीगंगा नगरपालिका प्रमुख देवीदत्त कडेलले सहकारी संस्थाले महशुल एकरुपता ल्याउन आग्रह गरे ।
सहकारी संस्थाले वार्षिक कार्य योजना बनाई काम गर्नुपर्ने समेत बताए । विशिष्ट अतिथि नगर उपप्रमुख भोज बहादुर बमले सहकारी संस्थाले राम्रो काम गरेकोले प्रशंसा गरे । गौरीगंगा ग्रामीण विधुत सहकारी संस्था समन्वय समितिका संयोजक हेमन्त राज जोशी (बाजे) को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
साथै, बिधुत महसुलमा एकरुपता ल्याउन खगेन्द्र राज जोशीको संयोजकत्वमा ७ सदस्यीय विद्युत महशुल निर्धारण समिती गठन गरेको छ । समितिले १ हप्ता भित्र महशुल एकरुपता बारे छ्लफल गरि नगर स्तरिय समितिलाई राय सहितको प्रतिबेदन बुझाउने निर्णय गरेको संयोजक हेमन्त बाजे ले जानकारी दिएका छन् ।
सो कार्यक्रममा जनप्रतिनिधि, सहकारी संस्था शाखा प्रमुख,नगर भित्र रहेका २० वटा ग्रामीण बिधुत सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक हरुको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया