पहिलो पटक विश्व साइक्लिङमा भाग लिँदै नेपाल
काठमाडौं । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ। यही साउन १७ देखि २८ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक/एक पुरुषर महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।
पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्। उषाले १३औँ दक्षिण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थिइन्।
यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी छन्। टोली आइतबार स्कटल्याण्ड प्रस्थान गर्नेछ । सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिहीबार बिदाइ गरे।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया