कुदाउन पाइन्न ६ लेन सडकमा, ६० क्रस गरे ट्राफिक फन्दामा
धनगढी । धनगढीको मोहना अत्तरिया ६ लेन सडक खण्डमा सवारी साधनलाई तिब्र गतिमा चलाउन रोक लगाइएको छ । तिब्र गतिका कारण दिनहुँ दुर्घटना हुन थालेपछि कैलाली ट्राफिकले गति नियन्त्रणमा जोड दिएको छ । ट्राफिक प्रहरीले गती माफन मेशिनको प्रयोग गरी प्रति घण्टा ६० किलोमिटर गती भन्दा माथी चलाइएको पाइए कार्बाही गरिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार बिहान, साँझ, दिउँसो लगायत समय मिलाएर मोहना अत्तरिया ६ लेन सडक खण्डमा गती मापन गरी ६० क्रस गरेको पाइए कार्वाही गरिरहेको जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारीका अनुसार तिब्र गतीमा सवारी साधन चलाउनेलाई जरिवानाका साथै २ घण्टा अनिवार्य ट्राफिक नियमबारे प्रशिक्षण दिने गरेको बताए ।
६ लेन सडकमा लेनको प्रयोग नगर्ने र तिब्र गतीमा सवारी साधन चलाउने क्रम बढेका कारण दुर्घटना निकै बढेको पाइयो जोहारीले भने “हाम्रो काम त जसरी भएपनि ट्राफिक नियमको पालना गराएर दुर्घटना न्युनिकरण गर्नु हो, त्यस कारण गती मापन गरेर ६० क्रस गरेको, लेनको प्रयोग नगरेको लगायतका ट्राफिक नियम उल्लघंन भएको पाइए जरिवानाका साथै अनिवार्य ट्राफिक नियमबारे क्लास लिने गरेका छौँ ।”
यसमा सबैले सहयोग गर्नुपर्छ उनले भने “यो हाम्रै लागी हो, मेरै परिवारका लागी हो भनेर सोचिदिनुस अली ढिला पुगे केही हुँदैन, हाम्रो ज्यान बचे धेरै गर्न सकिन्छ त्यस कारण ट्राफिक नियम पालना गरिदिनुहोस, ओभरटेक गर्दा बायाँबाट नगरौँ, आफ्नो लेन प्रयोग गरौँ, मापसे गरेर सवारी साधन नचलाखौँ ।”
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया