डा. केसीले भदौ ११ बाट सत्याग्रह थाल्ने
डा. गोविन्द केसीले भदौ ११ गतेदेखि सत्याग्रह थाल्ने भएका छन्। साउन ११ गते तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका डा. केसीले थप १० दिन सत्याग्रह स्थगन गरेका हुन्। त्यस अवधिभित्र पनि माग सुनुवाइ नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा उनले गरे। यसबीचमा गाउँमा स्वास्थ्य सेवा दिन जाने उनले बताए। सत्याग्रह कहाँ बस्ने भन्नेबारे उनले खुलाउन चाहेनन् ।
कर्णालीका दुर्गम बस्तीमा स्वास्थ्य शिविर चलाउँदै जुम्ला पुगेका डा. केसीले पत्रकार सम्मेलनको आयोजना गरेर सरकार कर्णालीको स्वास्थ्य सेवाप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाए। डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्न माग गरेका हुन्। उनले कर्णाली प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति प्रधानमन्त्री केपी शर्मा ओलीले नाजायज रूपमा रोकिराखेको आरोप लगाए । नागरिक
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया