Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

गाँउघरमा छैन दशैंको रौनक

गाँउघरमा छैन दशैंको रौनक

हिन्दुहरुको महान् चाड बडादशैँ आज बाट सुरु भएको छ । केहि समय पहिले बसाइँसराइले मानवविहीन बन्दै गएका गाउँघरमा दशैँ मनाउन मात्र भए पनि गाउँ फर्कने क्रमले यति खेर थोरै भए पनि खुसीयाली छाएको छ ।

‘पछिल्लो समय अधिकांश गाउँका युवा रोजगारी तथा अध्ययनका लागि शहर बजार र विदेश पलाएन भएकाले गाउँघरमा वृद्धवृद्धा, महिला बाहेक कोही भेटीदैनन्थ्य ‘ अहिले भने गाँउ बाट पलायन भएका सबै घर नफर्किए पनि थोरैको आगमनले गाउघर रमाईलो भईरहेको स्थानियले बताएका छन् ।

नेपालीहरुको सबै भन्दा ठुलो चाड वडा दशैँ , हिन्दु नेपालीहरुको एक विशेष चाड हो । यो चाडमा हामीहरु नयाँ लुगाहरु किन्ने , आफन्तजनहरु सँग भेटघाट गर्ने , सबै जना संगै बसेर बिभिन्न परिकार खाने रमाइलो गर्ने गरिन्छ । वडादशैँमा आफ्नो देश भन्दा बाहिर रहेका मानिसहरु विदा लिएर स्वदेश फर्कने गर्छन विशेषगरी अध्यानको सिलसिलामा जिल्ला बाहिर रहेकाहरु पनि दशैको लागि भनेर गाँउ फर्किने गर्दछन् ।

तर यो वर्ष भने पहिले जस्तो चहलपहल  देखिएको छैन । नेपालीहरूको महान चाड दशैं सुरु भएसंगै घरघरमा घटस्थापना गरी जमरा राखिसकेका छन् । अघिल्ला वर्षहरूमा यस समयमा गाँउघरमा दशैंको निकै चहलपलह बढेको हुन्थ्यो । बजारमा किनमेल गर्नेहरूको भीड लागेको हुन्थ्यो ।

तर यो वर्ष पहिले जस्तो चहलपहल नरहेको व्यापरिहरुले बताएका छन् । वर्षमा १ पटक मात्र मनाईने पर्व दशैमा यो वर्ष खासै चहलपहल नरहेको साँफेबगर नगरपालिका वडा नं ४ खाल्सैनका नेत्र कुँवरले बताउनु भएको छ । आर्थिक मन्दीका कारण नेपालीहरू थप मारमा परेको र दिन प्रतिदिनको व्यापार घाटाले उद्योगी व्यवसायीले बैङ्कको ऋण तिर्न मुस्किल भएका कारण पनि चहलपहल बढ्न नसकेको उँहाको भनाई छ ।

दशैको समयमा बिदेशीयका दाजु भाई , पढाईको सिलसिलामा राजधानी काठमान्डौँ लगाएतका सहर बाट घर आउन चाहने कैयौं यात्रुहरुले टिकट नपाउदाँ तथा अग्रिम टिकट लिएपनि बस नपाउँदा अलपत्र परेका उँहाको भनाई छ । यो बिषयमा सरकारले चासो नदिदा यात्रुहरुले दुख पाएको उँहाले बताउनु भयो ।

यस्तै अछाम छोडेको दश वर्ष पछि दशै मनाउन आफ्नो जन्म भुमि आउन पाउदा निकै नै खुशि लागेको चौरपाटि गाउपालिका वडा नं ५ लुग्राका बिन्दु खड्काले बताईन। लामो समय पछि गाँउ फर्किदा गाँउमा धेरै परिवर्तर भएको रहेछ ् धेरैै पटक आउने कोसिस गर्दा पनि बिभिन्न कारणले आउन पाएकी थिएन यो वर्षको दशै अरु बेला भन्दा निकै नै रमाईलो हुने भयो , वर्षै देखि नभेटीका साथी संगी आफन्त संग भेट भयो भन्दै खुशी व्यक्त गरिन् ।

शहर भन्दा गाँउमा धेरै खुशी मिल्ने भए पनि बिभिन्न कारणले गाँउबस्ति छोड्नु पर्नै बाध्यता रहेको उनको भनाई छ । बसाई सराईले गर्दा होला गाँउमा पहिले जस्तो चहलपहल छैन् पहिलेत दशैतिहार को समयमा गाँउमा निकै चहलपहल हुन्थ्यो धेरै मान्छे हुन्थ्यौ शदैको समयमा बिभिन्न सास्कृति कार्यक्रम गथ्यौ कति रमाई हुन्थ्यो , गाँउमा मानिस नभएर होला अहिलेत दशैमा पनि खासै चहलपहल नरहेको उनले सुनाईन ।

बसाइसराईले गर्दा हाम्रा धेरै कला सस्कृती लोप हुदै छन , धेरै जसो खेतीयोग्य जमिन बाजोमा परिणत.भैसके ,गाँउमा जङ्गली जनावरको विगविगी लगाएतका धेरै समस्या भएकाले यसको रोकथामका लागि व्यवस्था अत्यावश्यक रहेको उनले बताईन । केहि समय पहिले बन्द रहेका घरका ढोको दशैको समयमा खल्ने भए पनि फरी केहि दिनमा बन्द हुने पक्का छ ।

हाम्रो समाज परिवर्तनको क्रममा रहे संगै हामीले चाडपर्व मनाउने तरीका पनि परिवर्तन हुदै गएको छ । हिजोका दिनमा धुमधामका साथ मनाईने पर्व आज आएर हराउदै गएका छन् । हाम्रा चाडपर्वहरूलाई बचाई राख्नु आजको आवश्यकता हो ।

सरकारले पनि हाम्रो कला संस्कृति हाम्रा अमूल्य गहना हुन भन्ने बुझ्न जरुरी छ भने हामी आमसर्वसाधारणले पनि संस्कृतिको उचित सम्मानका साथ भविष्यमा आउने पुस्तालाई वास्तविक चाडपर्व देख्न र अनुभव गर्न दिनुका साथै पुस्तौं पुस्तासम्म हाम्रो रीतिरिवाजलाई जोगाई राख्न जरुरी छ ।

प्रतिक्रिया