Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २९ बैशाख २०८१

सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

सुदूरपश्चिमबाट गठबन्धनका तीनै उम्मेदवार निर्वाचित

नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र) का रेनु चन्द निर्वाचित भएकी हुन्। बिहीबार सम्पन्न निर्वाचनमा अन्य समूहबाट बोहरा, अपाङ्गताको समूहबाट भट्ट र महिलाबाट चन्द निर्वाचित भएका हुन्।

बोहराले चार हजार ३२८ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार ईश्वरीप्रसाद खरेलले एक हजार ६९६ मतभार प्राप्त गरे। अपाङ्गताका समूहमा भट्टले चार हजार ४१९ मतभार प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका रामचन्द्र जोशीले एक हजार ५१९ मतभार प्राप्त गरे।

त्यस्तै, महिला समूहमा विजयी चन्दले चार हजार ४५३ मतभार प्राप्त गरिन् भने प्रतिस्पर्धी एमालेकी सावित्रादेवी घिमिरेले एक हजार ५७१ मतभार पाइन्।
 

प्रतिक्रिया