११ जनाको खोजी कार्य तदारुकताका साथ अघि बढाउन नेपाली काङ्ग्रेस मलातीकोटको माग
नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका वडा नम्बर १ वडा कार्यसमिति मलातीकोटले बाढिले बगाउँदा बेपत्ता भएका ११ जनाको खोजी कार्य तदारुकताकासाथ अघि बढाउन माग गरेको छ । आज प्रेस बिज्ञप्ती जारी गर्दे १७ जना मध्ये ६ जनाको शब भेटिसकेको र अन्य ११ जनाको पनी खोजी कार्य तिब्र पार्न जोडदार माग गरेको हो ।
रामारोशन गाउँपालिका यति बेला सोकमा डुबेको छ ,बाढी पहिरोका कारण बगेको सैनी बजार र बाढी प्रभावित मुजाबगर ,खाल बजार घट्टे बगरका बाढी प्रभावित लाई तत्काल राहत, उद्धार तथा पुनः स्थापना लागि पहल गर्न स्थानीय प्रदेश सरकारसंग माग गर्दछौ बिज्ञप्तीमा भनिएको छ । बाढीपहिरो पछि सडक संजाल बिच्छेद भएको रामारोशन गाउँपालिकामा यातायात सेवा सुचारु गर्नका लागि बैकल्पिक ब्यवस्थाका लागि आवश्यक तत्परता देखाउन स्थानीय प्रशासन सहित सम्बन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । वडा सभापति नवराज साउदद्धारा हस्ताक्षरित बिज्ञप्तीमा नेपाली काग्रेसका सम्पुर्ण नेता कार्यकर्तालाई राहत र उद्धार खट्न आग्रह गरिएको छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया