बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष खड्काले गरे बाढी पिडितलाई १ लाख सहयोग
अछाम – बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काले रामारोशन गाँउपालिकाका बाढी पहिरो पिडितलाई एक लाख सहयोग गरेका छन् ।
अध्यक्ष खड्काले कांग्रेस अछामका सभापति भरत कुमार स्वार मार्फत हस्तान्त्रण गर्ने गरी बाढी पिडितलाई नगद एक लाख सहयोग गरेका हुन् ।
बिपदले गर्दा अप्ठेरोमा परेका उक्त क्षेत्रका पिडितलाई राहत मिलोस भनेर सहयोग गरेको अध्इक्ष खड्काले बताए ।
बेपत्ता तथा पिडित परिवारका लागि सहयोग पुगोस भनेर एक लाख सहयोग गरिएको उनको भनाई छ ।
यस्तै नेपाली कांग्रेस साँफेबगर नगर कार्य समितीका सभापति गोकुल भाटले पनि नगद १५ हजार सहयोग गरेका छन् ।
सहयोग गर्ने सबैलाई कांग्रेस अछामका सभापति भरत कुमार स्वाँरले धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया