कांग्रेस अछामद्धारा जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण
नेपाली कांग्रेस अछामले जिल्लाका दश वटै तहलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जिल्ला कार्य समितीको पहलमा पार्टी सभापति भरत कुमार स्वारले जिल्लाका सबै तहलाई मास्क, हेण्डसेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन तथा रोकथाममा सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री विरतण गरिएको सभापति स्वारले बताए । कांग्रेस अछामले सुरुवाती देखि नै पार्टीका कार्यकर्ता लगायत सबै तहबाट अग्रपंक्तीमा रहेर कोरोनाका बिरुद्ध जिल्लामा सक्रिय भुमिका निर्वाह गरिरहेको सभापति स्वारको भनाई छ ।
सामाजिक दुरी कायम गरी जिल्ला कार्य समितीको पार्टी कार्यालय रहेको बिपि स्मृती भवन मंगलसेनमा ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको जिल्ला सहसचिव एवंम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले जानकारी दिए ।
कोरोनाले निम्त्याएको बिषम परिस्थितीमा पनि कांग्रेस अछामले स्वास्थ्य सामाग्री वितरण गरेको भन्दै स्थानिय तहका प्रमुखहरुले पार्टीलाई धन्यवाद ज्ञापन गरेका थिए ।
यसैबिच जिल्ला पार्टी सभापति भरत कुमार स्वारले नेपाल प्रजातान्त्रीक सम्र्पक महासंघ अछामको जिल्ला अध्यक्षमा चयन भएका अर्जुन ताम्राकार र सचिव मिनबहादुर बोगटी तथा स्कुल अफ डेमोक्रेसी नेपाल अछामको अध्यक्षमा मनोनित भएका पदमराज अधिकारीलाई सोही क्रममा बधाई तथा शुभकामना दिएका थिए ।
सभापति स्वारले उनिहरुलाइ माला र अबिरका साथ सम्मान गर्दै बधाई दिएका कांग्रेस अछामले जनाएको छ । कार्यक्रममा पूर्व पार्टी सभापति पुष्प बहादुर शाह, महासमिति सदस्य बल बहादुर कुँवर, अम्बिका चलाउने, महाधिबेशन प्रतिनिधि टक्कर ताम्राकार लगायतको सहभागीता रहेको थियो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सानपा मा आई.पि.भि. खोप अभियान सम्बन्धि पालिका स्तरीय खोप समन्वय समितीसंग अभिमुखिकरण कार्यक्रम सम्पन्न
-
साँफेबगर नगरपालिकामा दुई दिने खोप कार्यक्रमको स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा गोष्ठी सुरु
-
आज सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
-
ने.वि संघ अछाम द्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
प्रतिक्रिया