Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १६ चैत २०८०

धिरज कुँवर

धिरज कुँवर

धिरज कुँवर

निती नियमका बहानामा पन्छाईएको बयालपाटा अस्पताल - सुनेको ईतिहास, देखेको वर्तमान

गुणस्तरीय र निःशुल्क स्वास्थ सेवा प्रदान गर्दै आएको अछामको बयलपाटा अस्पताल आर्थिक संकटमा छ । अस्पताललाई विगत लामो समयदेखि सहयोग गर्दै आइरहेको विदेशी संस्था पोसिवल हेल्थले हात झिकेपछि आर्थिक संकट भएको हो । न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले बयालपाटा अस्पताल सञ्चालन गर्दै आइरहेको छ ।

Read more

परराष्ट्रमन्त्री एनपी साउँद आज अछाम आउने

परराष्ट्रमन्त्री एनपी साउँद आज अछाम आउने भएका छन् । चौरपाटी गाउँपालिकाको नव निर्मित भवन उद्घाटनका लागि आजै मन्त्री साउँद अछाम पुग्ने कार्यक्रम रहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले जानकारी दिए ।

Read more

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने

चौरपाटी गाउँपालिकाको नव निर्मित भवन प्ररराष्ट्र मन्त्री एन पि साउँद द्वारा उद्घाटन हुने

Read more

वर्षौं देखिको खानेपानीको समस्या समाधान, नागरीकका सबै समस्या समाधान गर्नुछ - नगर प्रमुख कुँवर

वर्षौं खानेपानीको समस्या भोग्दै आएका साँफेबगर नगरपालिका ३ सिद्धेश्वर बासिन्दाहरुको अहिले घरघरमा खानेपानी पुगेको छ । सिद्धेश्वरका नौलाकोट,बस्ती गाउँ,माझरुम्टा,चाफातोलाका,खैराला,शंखबेल,टोटासा,कोलगडा,गोलीगाउँ,रातीमाटाका करिब एकसय भन्दा बढी घरधुरीलाई खानेपानी बितरण गरिएको छ । यी टोलहरुले बर्षाेदेखि खानेपानीको चरम अभाव भोग्दै आएका थिए ।

Read more

चौरपाटि गाउँपालिका १३ विद्यालयमा सरसफाई र पोषण सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत चौरपाटि गाउँपालिका शिक्षा शाखा द्धारा संचालित आधारभुत तह कक्षा ८ सम्म सञ्चालित वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्मपन्न भएको छ । चौरपाटि गाउँपालिकाका १३ वटा विद्यालयमा जेठ २९ गते देखि सुरु गरीएको कार्यक्रम ७ गते बिहिबारका दिन चौरपाटि गाउँपालिकाको सिउँडि मा.बि. सिउँडिमा गरी सम्पन्न भएको थियो ।

Read more

चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक

अछाम जिल्लाको चौरपाटि गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । चौरपाटि गाउँपालिका अध्यक्ष भिम बहादुर साउँदको सभा अध्यक्षतामा भएको चौरपाटि गाउँपालिकाको दोस्रो गाउँ सभाको तेस्रो अधिनेसनले अगामि आर्थिक बर्ष २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

Read more

बयालपाटा अस्पताललाई प्रदेस सरकारबाट ९ करोड विनियोजन

आर्थिक बर्ष २०८०/०८१ मा सुदूरपश्चिम प्रदेस सरकारबाट ९ करोड विनियोजन गरीएको छ । शुक्रबार सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले प्रस्तुत गरेको बजेटको पुर्णपाठमा नसमेटिए पनि बयालपाटा अस्पताललाई रकम विनियोजन गरीएको सुदूरपश्चिम प्रदेसका अर्थमन्त्रि नरेश कुमार शाहिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । विशेष स्रोतका अनुसार बयालपाटा अस्पताललाई प्रदेस सरकारले गत बर्ष जतिकै ९ करोड को बजेट विनियोजन गरेको पाईएको छ ।

Read more

अटेरी प्रदेस सरकार, न अनुदान दिन्छ, न स्वामित्व लिन्छ

सुदूरपश्चिम प्रदेसको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँको बजेट  शुक्रबार अर्थमन्त्रि नरेश कुमार शाहिले प्रदेस सभामा सार्वजनिक गरे । अर्थमन्त्रि शाहिले बजेट पेश गर्दै गर्दा दुर दराजका लाखौं आम सर्वसाधारण हरु कुन शिर्षकमा कति बजेट विनियोजन भयो भन्दापनि विगत केहि बर्ष यता आर्थिक अभाव झेल्दै आईरहेको बयालपाटा अस्पताल लाई कति बजेट आउँछ भनेर सुन्न आँतुर थिए । तर बिडम्बना बजेटको पुर्णपाठमा अछामको बयालपाटा अस्पतालको नाम कहिँ कतै आएन । बरु बाजुरा र दार्चुलामा च्याँङ्ग्रा पालनका लागि करोडौं बजेट विनियोजित भयो । त्यस्तै मुख्य मन्त्रि कमल बहादुर शाहको क्षेत्रका दुई सरकारकै स्वामित्वमा रहेका अस्पतालमा करोडौं बजेट छुट्याईयो ।

Read more

बाजुरा र दार्चुलामा च्याङग्रा पालनका लागी १ करोड २० लाख विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार बजेट सार्वजनिक गरेको छ ।

Read more

प्रदेस सरकारको अनुदानबाट फेरी पन्छाईयो बयालपाटा अस्पताल

सूदुरपश्चिम प्रदेस र कर्णालि प्रदेसका अघिकांस जिल्लाका बासिन्दालाई पन्ध्र बर्ष देखि निशुल्क उपचार सेवा दिँदै आईरहेको अछामको बयालपाटा अस्पताललाई फेरि पनि सुदूरपश्चिम प्रदेस सरकारले पन्छाएको छ । २०६५ सालदेखि बिरामिको नाम दर्तादेखि चेकजाँच, औषधि, खाना र आवाससहित अन्य कुनैपनि शीर्षकमा शुल्क नलाग्ने बयालपाटा अस्पताललाई केन्द्र सरकार र प्रदेस सरकारले पटक पटक अनुदानका लागि पन्छाउने गरेको छ ।

Read more

चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी छ - अध्यक्ष साउँद

चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले चौरपाटी गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन जनप्रतीनिधी र कर्मचारी दुबैको हातेमालो जरुरी रहेको बताएका छन । आर्थीक बर्ष २०७९/०८० को बार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिक समिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष साउँदले पालिकाको समग्र विकासका लागी कसै एक जनाको प्रयासले सम्भव नभएर सम्पुर्ण जनप्रतीनिधि, कर्मचारी र आम जनताले हातेमालो गर्दै लाग्नु पर्ने बताएका छन ।

Read more

अछाम १ प्रदेस क मा महमन्त्री खड्काको प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता

अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री  मेघराज खड्काले आफ्ना प्रतिद्वन्दी भन्दा दोब्बर भन्दा बढी मतको अग्रता हासिल गर्नुभएको छ। महामन्त्री खड्काले प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका १५ वडा बाट अग्रता लिनुभएको हो ।

Read more

अछाम १ प्रदेस क मा महमन्त्री खड्काको सुरुवाती अग्रता

अछाम निर्वाचन क्षेत्र न १ प्रदेस सभा क मा प्रदेस सभा सदस्यतर्फ नेपाली कांग्रेस सुदुरपश्चिम प्रदेसका महामन्त्री  मेघराज खड्काले सुरुवाती अग्रता हासिल गर्नुभएको छ। महामन्त्री खड्काले प्रदेस क अन्तर्गत पर्ने साँफेबगर नगरपालिका १,२,१३,१४ बाट अग्रता लिनुभएको हो ।

Read more

अछाम क्षेत्र न १ बाट शेर बहादुर कुँवर विजयी

नेपाल सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् नेकपा एकिकृत समाजवादिका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष शेर बहादुर कुँवर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। अछाम क्षेत्र न १ बाट १९ हजार ५३४ मत ल्याउँदै कुँवर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार झपट बोहोराले १५ हजार ४५ मत प्राप्त गरेका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४३९२ मत प्राप्त गरेका छन ।

Read more

अछाममा गाउँ केन्द्रित भयो चुनाव प्रचारप्रसार

आगामी मङ्सिर ४ गते हुने  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अछामका अधिकांश राजनीतिक दल, तिनका कार्यकर्ता र उम्मेदवार गाउँ तथा वडा केन्द्रित चुनावी प्रचारप्रसारमा छन् । चुनावी प्रचार–प्रसारका क्रममा दलका उम्मेदवार अन्तिम समय आइपुग्दा गाउँ तथा नगरका प्रत्येक वडा–वडामा केन्द्रित भएका छन्

Read more

मैले जिन्दगीमा निष्ठाको राजनिती त्यागेको छैन - महामन्त्री खड्का

नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ । अछाम जिल्लाको साँफेबगरमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै आफुले लामो राजनितिक यात्रामा आफ्नो व्यत्तिगत लाभ कहिलेई नहेरेको बताउनु भयो । "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन" मतलब "कर्म गर फलको चिन्ता नगर" को सिद्धान्तमा आफु सदैब अडिक रही हमेसा समाज र उत्पिडित वर्गको उत्थानको लागी लागी परेको महामन्त्री खड्काले बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ ।

Read more

चुनावी प्रचारमा गएको भन्दै प्रधानाध्यापक तिलक कुँवर संग आयोगले माग्यो स्पष्टीकरण

निर्वाचन आयोगलले निर्वाचन आचारसंहिता विपरीत दल र उम्मेदवारको प्रचार प्रसारमा संलग्न भएको भन्ने विषयमा अछामको राष्ट्रिय माध्यमिक विद्यालय, साँफेबगरका प्रधानाध्यापक तिलक कुँवरलाई २४ घण्टा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

Read more

अछाममा प्रधानाध्यापक नै एमालेको चुनाव प्रचारमा

आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि अछाममा शिक्षकले भाेट माग्दै आएका छन् । यहि मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि नेकपा एमालेका उम्मेदवारहरुसँग  घर दैलाे अभियानमा सहभागी भई शिक्षकले मतदातालाई भाेट माग्दै आएका छन् । अछामकाे साँफेबगर नगरपालिका -१३ बाब्ला स्थित राष्ट्रिय माध्यमिक विधालयका प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष  तिलक कुवँरले मतदातालाई भाेट माग्दै आएका हुन ।

Read more

साँफेबगर नगरपालिकाको नगरसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित [पुर्ण पाठ]

साँफेबगर नगरपालिकाको दोस्रो नगरसभाको प्रथम अधिबेशनले बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको नगर सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ.ब. २०७९/०८० को लागी ६९ करोड २७ लाख ६३ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

Read more

चौरपाटी गाउँपालिकाको गाउँसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित

चौरपाटी गाउँपालिकाको दोस्रो गाउँसभाकाृ प्रथम अधिबेशनले बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको गाउँ सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ.ब. २०७९/०८०को लागी ४५ करोड ३७ लाख २५ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

Read more

साँफेबगरमा निर्माण गरिने आधुनिक प्रविधिको बृहत बसपार्कको जग्गा मुवाब्जा रकम हस्तारण सुरु

आ.ब. ०७२/०७३ देखिनै सुरुवात भएपनि अघि बढ्न नसकेको साँफेबगरको बसपार्कको का नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो कार्यकालको सुरुवातमै अघि बढाएका छन् ।

Read more

साँफेबगरमा बल्याक एन्जल्स एफ.सि.ले गर्यो वृक्षरोपण र सरसफाई

बल्याक एन्जल्स फुटबल क्लब साफेबगरले साँफेबगरमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।  बल्याक एन्जल्स युवा क्लब साफेबगरको आयोजनामा गरिएको वृक्षारोपण तथा सरसफाई कार्यक्रम साँफेबगर नगरपालिकाको हाटबजार क्षेत्रमा गरेको क्लवका अध्यक्ष दशरथ कुँवरले  जानकारी दिए ।

Read more

नगर प्रमुख कुँवरको पहिलो काम, साँफेबगर बसपार्कका जग्गाधनिले भोलिबाटै मुआब्जा पाउने

आ.ब. ०७२/०७३ देखिनै सुरुवात भएपनि अघि बढ्न नसकेको साँफेबगरको बसपार्कको का नव निर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आफ्नो कार्यकालको सुरुवातमै अघि बढाउने भएका छन् ।

Read more

पुर्व उपप्रधानमन्त्रि भीम रावलको वडामा स्वतन्त्र विजयी

साँफेबगर नगरपालिका ६ भागेश्वरमा स्वतन्त्र विजयी भएका छन् । वडा अध्यक्षमा मिनबहादुर बोहरा विजयी भएका हुन् । एमालेका उम्मेदवार दुतकला बिष्ट र बोहराको बराबर मत २२६ २२६ मत आएपछि गोलाप्रथाबाट बोहरा विजयि भएका हुन ।

Read more
Page 1 of 8