Hamro Bulletin https://hamrobulletin.com Hamro Bulletin - Hamro Bulletin हाम्रो बुलेटिन - सुचना को नयाँ आयम en-US hourly 1 Copyright 2022 Wed, 25 May 2022 19:33:10 +0545 साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरद्धारा सपथग्रहण https://hamrobulletin.com/news/2822 Wed, 25 May 2022 11:48:57 +0545 https://hamrobulletin.com/news/2822 अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ईश्वर देश र जनताको नाममा सपथग्रहण गर्नुभएको छ । अछामको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले ईश्वर देश र जनताको नाममा सपथग्रहण गर्नुभएको छ ।

साँफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा पुनः मतदान हुँदा मतगणनामा ढिलाई भएको थियो । आज प्रमुख निर्वाचन अधिकृत मनोज श्रेष्ठले नवनिर्वाचित नगर प्रमुख कुँवरलाई सपथ खुवाएका हुन । नगर प्रमुख कुँवरले आफु नेपालको राजकियसत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधान प्रति पूर्ण बफादार रहँदै नगरप्रमुखको काम प्रचलित कानूनको अधिनमा रहि, मुलुक र जनताको सोझो चिताई कसैको डर नमानि, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनियता कायम राखि ईमान्दारीताका साथ गर्नेछु भन्दै सपथ ग्रहण गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनी, शसस्त्र प्रहरी प्रमुख डिएसपि जगदिश जोशीको लगाएतको सहभागिता रहेको थियो ।
 

]]>
https://hamrobulletin.com/uploads/news//uploads/Rajendra%20Kunwar%20Safat.png साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरद्धारा सपथग्रहण https://hamrobulletin.com/news/2822