अछाम मंगलसेन का दुई जना सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार कैलालीको गोदावरी नगरपालिकाका १० जना, डोटीको आर्दश गाउँपालिकाका १० जना, कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, बैतडीको मेलौलीका तीनजना, मंगलसेन अछामका दुईजना, चुरे गाउँपालिका कैलालीका दुईजनामा कोरोना पुष्टि भएको हो।
यस्तै बैतडीको पुर्चौडी नगरपालिका, बझाङको छब्बिस पाथिभेराका, डोटीको शिखर नगरपालिका, केआइसिह गाउँपालिका र कैलालीको टीकापुरका एक/एक जनामा कोरोना पुष्टि भएको छ।
धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ६९ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार नाघेको छ भने पुष्टि भएका सात जनाको मृत्यु भएको छ।
बीहिबार मात्र सुदूरपश्चिममा अहिले सम्मकै सबैभन्दा बढि चार सय ४६ जनामा कोरोना पुष्टि भएको थियो। – दिनेश खबर
सम्बन्धित समाचार
ताजा अपडेट
-
चौरपाटी गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक -पूर्णपाठ सहित
-
इम्प्याक्ट नेपालद्वारा राम बहादुर बोगटी सम्मानित
-
सुदूरपश्चिम प्रदेश सरकार गठनको समयसीमा आज सकिँदै, नयाँ सरकार गठनको अन्योल कायमै
-
जिल्ला स्तरिय महिला मानव अधिकार संरक्षकहरुको लागि दुई दिने सुरक्षा र हेरचाह सत्र कार्यक्रम साँफेबगरमा सम्पन्न
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले दिए राजीनामा
प्रतिक्रिया