ताजा अपडेट
झ्याल फोरेर फरार भए बझाङकी सम्झनाको बलात्कार/हत्या आरोपित बोहरा
बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार/हत्या आरोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।
पुर्पक्षका लागि डोटीस्थित बाल सुधार केन्द्रमा राखिएका उनलाई कोरोना संक्रमण भएपछि यही मंसिर ६ देखि डोटी जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। त्यहींबाट उनी राति १० बजेतिर फरार भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी जनक पाण्डेले जानकारी दिए।
उनका अनुसार उनी आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन्। ‘तर भर्खरै उनी फेला परेको खबर आएको छ,’ घटनास्थलतर्फ जाँदै गरेका उनले टेलिफोनमा भने, ‘उनी नै हुन् कि होइनन्, त्यहीं पुगेपछि थाहा हुन्छ, अहिले म गाडीमा जाँदै छु।’
बोहराले सम्झनाको बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन्। उनको जन्ममिति विवादित भए पनि परिवारले उनी नाबालिग नै रहेको दाबी गरेपछि उनलाई सुधार गृहमा राखिएको हो।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया