ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट वर्तमान अध्यक्ष लक्ष्मण कुमार स्वार पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्वारले आफ्ना प्रतिस्पर्धी किशोर ठकुराठीलाई पराजित गर्दै आगामी तीन वर्षका लागि महासंघको नेतृत्व पुनः आफ्नो पक्षमा पारेका हुन्। स्वारले १८३ मत प्राप्त गर्दा ठकुराठीले ७४ मत मात्रै पाएका छन ।
निर्वाचनमा विजयी भएपछि अध्यक्ष स्वारले सम्पूर्ण निर्माण व्यवसायीहरूको विश्वास, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै आफू अझ बढी जिम्मेवार बनेको बताएका छन्।
नवनिर्वाचित अध्यक्ष स्वारले भने,-“मलाई पुनः नेतृत्वको जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण निर्माण व्यवसायी साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो जित मेरो व्यक्तिगत जित होइन, सम्पूर्ण निर्माण व्यवसायीहरूको जित हो। निर्माण क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको अवस्थामा व्यवसायीहरूको हकहित संरक्षण, भुक्तानी समस्या समाधान, व्यवसायिक वातावरण सुधार तथा महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा प्रतिबद्धताका साथ काम गर्ने नव निर्वाचित अध्यक्ष स्वारले बताए ।
उनले निर्वाचनलाई स्वस्थ लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै प्रतिस्पर्धी उम्मेदवारहरूलाई समेत धन्यवाद दिएका छन्। महासंघभित्रको एकता, सहकार्य र व्यवसायीहरूको साझा हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने अध्यक्ष स्वारले बताए ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी, उपाध्यक्षमा पदम भण्डारी र मदन मोहन विष्ट, महासचिवमा खेमराज जोशी, उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा, उपमहासचिव (आन्तरिक) मा राजेश गिरि, कोषाध्यक्षमा निर्मल कुमार देउवा तथा सह–कोषाध्यक्षमा निर्मला सापकोटा (भट्ट) निर्वाचित भएका छन ।
यसैगरि सदस्यहरुमा महासंघको सदस्यमा दिनेश राज भट्ट, राजेश मधिकर्मी, अमर सिंह रावल, विनोद प्रसाद भट्ट, सुनिल कुँवर विजयी भएका छन ।त्यसैगरि, तिन सदस्य निर्विरोध निर्वाचित भएका छन । दाउत तामाङ, रोहित बोगटी र गोरे सिंह ऐर निर्विरोध निर्वाचित भएका छन । २८२ मतदाता रहेको महासंघमा २६४ जनाले मतदान गरेका थिए ।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्ष निर्माण व्यवसायीहरूको पेशागत हकहित संरक्षण, निर्माण क्षेत्रका समस्या समाधान तथा व्यवसायिक वातावरण सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको छ।
सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ
२६४ फाइनल मत गणनामा जम्मा खसेको मत २६४
अध्यक्ष
लक्ष्मण कुमार स्वार १८३
किशोर ठकुराठी ७४
बरिष्ठ उपाध्यक्ष
कमलेश कुमार कपाडी १६८
घनश्याम दत्त पाठक ८७
उपाध्यक्ष
पदम भण्डारी १६०
मदन मोहन बिष्ट १५४
बिक्रम खड्का ९०
अ्मर बहादुर बम ८४
महासचिव
खेमराज जोशी १५९
ओम राज पाठक ९५
उपमहासचिव (नीतिगत)
आङदावा शेर्पा १९२
करन बहादुर बिष्ट ६६
उपमहासचिव (आन्तरिक)
राजेश गिरि १७०
दिलिप कुमार शाही ८४
कोषाध्यक्ष
निर्मल कुमार देउवा १७४
दिर्घराज उपाध्याय ८२
सह-कोषाध्यक्ष
निर्मला सापकोटा १२९
गणेश खड्का १२५
सदस्य (खुला)
दिनेश राज भट्ट १९९
अमर सिंह रावल १८३
राजेश मधिकर्मी १७५
विनोद प्रसाद भट्ट १७५
सुनिल कुँवर १६०
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया