ताजा अपडेट
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसमा मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट दिवान सिंह विष्ट पक्षबीच भागबण्डा भएपछि विवाद टुंगिएको छ ।
केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणाको उपस्थितीमा शनिबार साँझ विवाद निरुपण भएको हो । दुुई पक्षबीच मन्त्रालय भागबण्डामा विवाद टुुुंगिएको छ । अहिले कांग्रेसले प्रतिनिधित्व गरिरहेको आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री शाहले आफैँसँग राख्नेछन् भने थप एक राज्यमन्त्री पाउनेछन् ।
यस्तै, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विष्ट पक्षले लिनेछ । शाह पक्षले अर्थसहित सामाजिक विकास राज्यमन्त्री पनि लिनेछ भने विष्ट पक्षले अर्थ राज्यमन्त्री पाउनेछन् ।
कांग्रेसमा शाहलाई दलको नेताबाट ९ जना प्रदेश सभा सदस्यले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । शाहविरुद्ध हस्ताक्षर गरेकी डम्मरी महराले हस्ताक्षर फिर्ता लिएकी थिइन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया