दुई महिनापछि आन्तरिक उडान खुल्ने, १७ गतेबाट दैनिक ५५ उडान हुने
कोभिड नियन्त्रणका लागि झन्डै दुई महिना बन्द भएको आन्तरिक उडान १७ असारदेखि खुल्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि आन्तरिक उडान पुनः सुरु गर्ने निर्णय गरेको हो ।