ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट वर्तमान अध्यक्ष लक्ष्मण कुमार स्वार पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्वारले आफ्ना प्रतिस्पर्धी किशोर ठकुराठीलाई पराजित गर्दै आगामी तीन वर्षका लागि महासंघको नेतृत्व पुनः आफ्नो पक्षमा पारेका हुन्। स्वारले १८३ मत प्राप्त गर्दा ठकुराठीले ७४ मत मात्रै पाएका छन ।
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसमा मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट दिवान सिंह विष्ट पक्षबीच भागबण्डा भएपछि विवाद टुंगिएको छ ।
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय ‘बृहत्तर एकता र पुनर्जागरण’ भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने भएको छ । जेठ १० गतेका लागि तय गरिएको उक्त भेलालाई सुदूरपश्चिम प्रदेशका नेताहरुले मात्रै सम्बोधन गर्ने भएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भेलाका रुपमा व्याख्या भएपछि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले सो जानकारी दिएका हुन् ।