ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय ‘बृहत्तर एकता र पुनर्जागरण’ भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने भएको छ । जेठ १० गतेका लागि तय गरिएको उक्त भेलालाई सुदूरपश्चिम प्रदेशका नेताहरुले मात्रै सम्बोधन गर्ने भएका हुन् । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षीय भेलाका रुपमा व्याख्या भएपछि पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले सो जानकारी दिएका हुन् ।
यसअघि भेलालाई निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगयातका नेताले सम्बोधन गर्ने बताइएको थियो । तर, कांग्रेस सुदूरपश्चिमका सभापति बलायरले सुदूरपश्चिमकै नेता–कार्यकर्ताको मात्रै भेलामा सहभागीता हुने जानकारी दिए । ‘कांग्रेसभित्रको एकता र पुनर्जागरणमा आफ्नो दृष्टिकोण पेश गर्नका लागि भेला आयोजना गरेका हौं,’ बलायरले भने, ‘कुनै पनि प्रदेशबाट आयात नगरी सुदूरपश्चिम प्रदेशका नेपाली कांग्रेसका सम्पूर्ण नेता, जनप्रतिनिधि र पार्टीमा आस्थावान व्यक्तिहरुको जमघट गराएर प्रदेशभित्र पार्टीलाई एक बनाउने कार्यदिशा तय गर्छाैं ।’
प्रदेश कार्यसमितिका अनुसार भेलामा पार्टीका पूर्व तथा निवर्तमान केन्द्रीय पदाधिकारी, वर्तमान केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जिल्ला सभापति, पूर्वमन्त्री, राष्ट्रियसभा सदस्य, महाधिवेशन प्रतिनिधि, उम्मेदवार तथा विभिन्न तहका जनप्रतिनिधिलाई उपस्थितिका लागि आग्रह गरिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरू, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, पालिका सभापति, जिल्ला समन्वय प्रमुख–उपप्रमुख, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी र सदस्यहरू पनि भेलामा सहभागी हुने बताइएको छ ।
पत्रकार सम्मेलनमा बलायरले कानुनीसंगै भावनात्मक रुपमा पनि पार्टी एकजुट हुन आवश्यक रहेको बताए । ‘अदालतले विशेष महाधिवेनबाट आएको नेतृत्वलाई आधिकारिकता दिइसकेपछि कानुनी रुपमा हामीले पनि आत्मसाथ गरिसकेका छौं,’ उनले भने, ‘तर, अहिले पनि पार्टी एकीकृत छैन । गएको निर्वाचनमा कांग्रेसले इतिहासमै ठुलो पराजय भोगेको छ ।’ नेता बलायरले कांग्रेस फुट्ने सभवना पनि नरहेको बताए ।
‘कांग्रेसलाई एक बनाउने जिम्मेवारी विशेष महाधिवेशनबाट आएका सभापति गगनकुमार थापाको हो,’ उनले भने, ‘कांग्रेस एक भएको उहाँले नै चाहनुहुन्न भने त कुनै औषधि छैन । नत्र कांग्रेस फुट्दैन ।’ उनले पार्टी सभापति थापाकै सम्पर्क कार्यालय रहेको बताउँदै देउवा समूहले सम्पर्क कार्यालय खोल्दैमा पार्टी फुटतर्फ गएको भन्न नमिल्ने बताए ।
१० गतेको कार्यक्रमलाई गुटको भेलाका रूपमा लिन नहुने उनको तर्क थियो । ‘यो गुटको भेला होइन । कांग्रेस प्रदेशको कार्यक्रम हो । मेरो एउटै चिन्ता कांग्रेसलाई एक बनाउने हो,’ उनले भने, ‘कांग्रेसलाई सक्ने प्रयास भइरहेको छ । कांग्रेस सकिएको दिन नेपालको राष्ट्रियता सकिन्छ ।’
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया