Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सम्झना हत्याका फरार अभियुक्त १० घण्टामै पक्राउ गर्ने इन्स्पेक्टरसहित ४ प्रहरी पुरस्कृत

सम्झना हत्याका फरार अभियुक्त १० घण्टामै पक्राउ गर्ने इन्स्पेक्टरसहित ४ प्रहरी पुरस्कृत

डोटीमा बालिका हत्याका अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन्। 

बझाङकी १२ वर्षीया बालिकाको हत्या अभियोग लागेपछि पुर्पक्षका लागि कारागार चलान भएका मष्टा गाउँपालिकाका राजेन्द्र बोहोरा जिल्ला अस्पताल डोटीबाट भागेको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक कान्तिराज जोशीसहितका ४ प्रहरी पुरस्कृत भएका हुन्।  पुरस्कृत हुनेमा प्रहरी निरीक्षक जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट, प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिह र दिनेश सुनार रहेका डोटीका प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डेले दिनेशखबरलाई बताए। 

उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहनेगरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।  उनका अनुसार चारै जना प्रहरी जिल्ला प्रहरी कार्यांलयमै कार्यरत रहेका छन्।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उत्कृष्ट काम गर्नेलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिने संगठनको नीति रहेको बताए। 

उनले अस्पतालमा प्रहरीको निगरानीमै उपचार गराइरहेका अभियुक्त भागेपनि प्रहरीको सक्रियताले पुनः पक्राउ गर्न सफल भएको बताउँदै इमानदारी पूर्वक कार्य सम्पादन गर्न थप हौसला बढाउन प्रहरीहरुलाई पुरस्कृत गरिएको जनाए।  बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्या अभियोगमा पक्राउ परी पुर्पक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहोरा गएराति भागेका थिए। 

बाल सुधार गृह डोटीमा राखिएका बोहोरा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल डोटीको आइसोलेसनमा उपचार गराइरहेका बेला भागेका हुन्।  उनलाई शुक्रबार बिहान पूर्वीचौकी गाउँपालिका क्षेत्रबाट प्रहरी निरीक्षक जोशीको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको थियो। बोहोरा गत असोजमा बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका थिए। उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। तर उमेर कम भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएको थियो।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो। सो घटनामा गाउँमै मिलापत्र गराउने ८ जनालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो। उनीहरु धरौटीमा छुटेका छन्।

प्रतिक्रिया