ताजा अपडेट
३५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारले घुससहित शुक्रबार पक्राउ गरेको छ । सहायक हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
आयोगले विशेष सूचनाका आधारमा आरोपितलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित पक्राउ गरेको सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । कपिलवस्तु, कृष्णनगर नगरपालिका २ गोलघरस्थित मिलन रेस्टुरेन्ट एन्ड दुर्गा गेस्ट हाउसबाट गुरुङलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका गुरुङ माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया