Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कोरोनाविरुद्ध खोपको नमुना लिएर रुसी टोली नेपाल आउँदै

कोरोनाविरुद्ध खोपको नमुना लिएर रुसी टोली नेपाल आउँदै

रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी  कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ। 

रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका कर्मचारीले भेट गरेका छन्।

रुसी टोलीको नेपाल भ्रमण र मन्त्रीसँग दूतावासका कर्मचारीको भेटका विषयमा जिज्ञासा राख्दा डा कार्कीले भेट विशेष नभएको बताए। ‘यो ठूलो विषय होइन। रुसले एउटा माइनस १८ र अर्को २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भ्याक्सिन बनाएको रहेछ,' मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले भने, 'उहाँहरू नेपालमा आउँदा त्यसको केही स्याम्पल नेपाल लिएर आउने र त्यसलाई भण्डारण गर्ने विषयमा कुराकानी भएको हो।’

डा कार्कीका अनुसार रुसले विकास गरेको खोप नेपालमा प्रयोग गर्ने गरी ल्याउन लागिएको भने होइन। 'कुनै पनि खोप प्रयोग गर्नुपूर्व नेपाल औषधि विभागमा दर्ता गर्नुपर्ने हुन्छ। अन्य धेरै प्रक्रिया पनि छन्,'  उनले भने, 'अहिल्यै प्रयोग गर्ने गरी ल्याउन लागिएको होइन।'

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशलाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै नेपालले कूटनीतिक रूपमा पत्राचार गरेकाले त्यसको 'रेन्सपोन्स' गर्न रुसी टिम नेपाल आउन लागेको उनको भनाइ छ। रुसले स्पुतनिक-भी भ्याक्सिन निर्माण गरिरहेको छ। यसको प्रभावकारिता दर ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिँदै आएको छ। तर यसको प्रयोगका लागि स्वीकृति भने दिइएको छैन।  

प्रतिक्रिया