Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कोरोनाविरुद्ध खोपको नमुना लिएर रुसी टोली नेपाल आउँदै

कोरोनाविरुद्ध खोपको नमुना लिएर रुसी टोली नेपाल आउँदै

रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी  कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ। 

रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका कर्मचारीले भेट गरेका छन्।

रुसी टोलीको नेपाल भ्रमण र मन्त्रीसँग दूतावासका कर्मचारीको भेटका विषयमा जिज्ञासा राख्दा डा कार्कीले भेट विशेष नभएको बताए। ‘यो ठूलो विषय होइन। रुसले एउटा माइनस १८ र अर्को २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भ्याक्सिन बनाएको रहेछ,' मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले भने, 'उहाँहरू नेपालमा आउँदा त्यसको केही स्याम्पल नेपाल लिएर आउने र त्यसलाई भण्डारण गर्ने विषयमा कुराकानी भएको हो।’

डा कार्कीका अनुसार रुसले विकास गरेको खोप नेपालमा प्रयोग गर्ने गरी ल्याउन लागिएको भने होइन। 'कुनै पनि खोप प्रयोग गर्नुपूर्व नेपाल औषधि विभागमा दर्ता गर्नुपर्ने हुन्छ। अन्य धेरै प्रक्रिया पनि छन्,'  उनले भने, 'अहिल्यै प्रयोग गर्ने गरी ल्याउन लागिएको होइन।'

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशलाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै नेपालले कूटनीतिक रूपमा पत्राचार गरेकाले त्यसको 'रेन्सपोन्स' गर्न रुसी टिम नेपाल आउन लागेको उनको भनाइ छ। रुसले स्पुतनिक-भी भ्याक्सिन निर्माण गरिरहेको छ। यसको प्रभावकारिता दर ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिँदै आएको छ। तर यसको प्रयोगका लागि स्वीकृति भने दिइएको छैन।  

प्रतिक्रिया