Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १० भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना– ४ जनाको मृत्यु, ७ जना घाइते

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना– ४ जनाको मृत्यु, ७ जना घाइते

 कर्णाली प्रदेशको हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

जिल्लाको हेप्काखोलाबाट बिरामी लिएर सिमकोटतर्फ फर्किँदै गरेको लु २ च २१०२ नम्बरको बोलेरो जीप सिमकोट गाउँपालिका–७ डाडाफयाको जबुका नजिकै दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता इन्सपेक्टर सिताराम विष्टले शुक्रबार राति करिब १० बजेतिर जीप दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा परी १ महिलासहित ४ जनाको मृत्यु भएको विष्टले बताए ।

दुर्घटनामा परी १ बर्षाको बच्चासहित अन्य ७ जना घाइते भएका छन् । घाइते हुनेमा जीपका चालक सिमकोट गाउँपालिका–२ का सींगम भण्डारी, सिमकोट गाउँपालिका–६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट–८ खोल्सीका कल्पना सिंह, सोही ठाउँका १ वर्षीय बालक मिलन सिंह, खोल्सीकै सम्झना शाही तथा नाम्खा गाउँपालिका १ घर भएको झुमझुम लामा र सिमकोट बस्दै आएका बाजुराका कबि सिंह रहेका छन् ।

घाइतेहरु सबै जिल्ला अस्पतालमा उपचार भइरहेको इन्सपेक्टर विष्टले जानकारी दिए । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रहरीका अनुसार मृतकको भने पहिचान खुलेको छैन । बोलेरो जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया