Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफेबगर नगरपालिकामा ६० करोड ८५ लाखको नीति तथा कार्यक्रम प्रस्तुत

साँफेबगर नगरपालिकामा ६० करोड ८५ लाखको नीति तथा कार्यक्रम प्रस्तुत

साँफेबगर नगरपालिकाकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाचौ नगर सभा मार्फत नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागि ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गर्नुभयो ।

चालु तर्फ २२ करोड ६९ लाख र शसर्त तर्फ ३६ करोड ७१ लाख बजेट रहेको छ । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ करोड २३ लाख रकम बिनियोजन गरिएको नगर प्रमुख कुलबहादुर कुँवररले बताउनुभयो ।

अहिलेको परिस्थीतिलाई मध्यनजर गर्दे आर्थिक संकट समेत झेलिरहेको बयलपाटा अस्पताललाई ७० लाख बजेट बिनियोजन गरिएको नगर प्रमुख कुवँरले जानकारी दिनुभयो । नगरले धेरै जसो पुरानै कार्यक्रमलाई निरन्तरता दिदैँ कार्यान्वयनमा जोड दिएको छ ।

सिप बिकास तथा जनचेतना तालिम तथा गोष्ठी कपाल देखि कम्प्युटर तालिम, पशु व्यवसाय प्रवर्द्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा वालवालिका, खानेपानी योजना, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति, सबै वडामा विद्युत पुर्‍याईने जस्ता पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ