Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रधानमन्त्री ओली को अडान "कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्दिन "

प्रधानमन्त्री ओली को अडान "कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्दिन "

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूले कुनैपनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने अडान लिएका छन्। शनिवारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा स्पष्ट पारेको एक सचिवालय सदस्यले बताए। आजको सचिवालय बैठकले विवाद मिलाउन नसकेपछि दुई अध्यक्षको प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।

सो बारे प्रधानमन्त्री अ‍ोलीले सचिवालय बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताएका थिए।

प्रधानमन्त्रीले आजको बैठकको राखेको धारणा बारे एक सचिवालय सदस्यले भने,‘प्रधानमन्त्री ओलीले भोलि बैठक नबसौं, यी प्रतिवेदनमाथी छलफल पनि नगरौं भन्नु भएको थियो,’ सचिवालयका एक नेताले भने, ‘हामीले कमिटीमा प्रवेश गरेको प्रतिवेदनलाई छलफल गरेरै एउटा निष्कर्षमा पुग्नुपर्नेमै जोड गर्‍यौं, उहाँलाई एक किसिमको दबाब दिएरै निर्णय गर्‍यौं, अब स्थायी कमिटीमा बिस्तृत छलफल हुन्छ।’

ती नेताका अनुसार आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली आउने मुडमा थिएनन्। नेकपाको स्थायी समिति बैठक आइतबार पार्टी कार्यालय धुम्बाराहीमा दिउसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया