Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रधानमन्त्री ओली को अडान "कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्दिन "

प्रधानमन्त्री ओली को अडान "कुनै हालतमा प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्दिन "

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफूले कुनैपनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने अडान लिएका छन्। शनिवारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा स्पष्ट पारेको एक सचिवालय सदस्यले बताए। आजको सचिवालय बैठकले विवाद मिलाउन नसकेपछि दुई अध्यक्षको प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।

सो बारे प्रधानमन्त्री अ‍ोलीले सचिवालय बैठकमा असन्तुष्टि व्यक्त गरेका हुन। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई ‘लाञ्छनापत्र’ को संज्ञा दिँदै ओलीले त्यसलाई स्थायी कमिटीमा लैजाने कुरामा आफ्नो असहमति रहेको बैठकमा बताएका थिए।

प्रधानमन्त्रीले आजको बैठकको राखेको धारणा बारे एक सचिवालय सदस्यले भने,‘प्रधानमन्त्री ओलीले भोलि बैठक नबसौं, यी प्रतिवेदनमाथी छलफल पनि नगरौं भन्नु भएको थियो,’ सचिवालयका एक नेताले भने, ‘हामीले कमिटीमा प्रवेश गरेको प्रतिवेदनलाई छलफल गरेरै एउटा निष्कर्षमा पुग्नुपर्नेमै जोड गर्‍यौं, उहाँलाई एक किसिमको दबाब दिएरै निर्णय गर्‍यौं, अब स्थायी कमिटीमा बिस्तृत छलफल हुन्छ।’

ती नेताका अनुसार आजको सचिवालय बैठकमा पनि प्रधानमन्त्री ओली आउने मुडमा थिएनन्। नेकपाको स्थायी समिति बैठक आइतबार पार्टी कार्यालय धुम्बाराहीमा दिउसो १ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ