ताजा अपडेट
नागरिक समाज प्रवास दुनिद्वारा एकल महिलालाई आर्थिक सहयोग
मंसिर २१, अछाम
अप्ठ्यारोमा परेका , गरिब ,असाहय एकल महिलालाई सहयोग गर्न नागरिक समाज चौरपाटी गाउँपालिका -६ दुनीले अभियान थालेको छ । जसअनुसार भारतको मुम्बै शरमा भएका दुनीका स्थायी बासिन्दालाई एकै ठाउँमा आबद्ध गराउने उद्देश्यले नागरिक समाज प्रवास दुनी समेत गठन भएको हो ।
नागरिक समाज दुनीका अध्यक्ष जित बहादुर आउजीका अनुसार साँफेबगर नगरपालिका -१४ भासुका स्वर्गीय गोपाल बोहोरा को श्रिमतिलाई आर्थिक सहयोग गरिएको छ । नागरिक समाज दुनीको नेतृत्व र नागरिक समाज प्रवाश दुनीकका संयोजक सर्जन साउद र उप-संयोजक विक्रम साउदको पहलमा भारत प्रवासबाट उपलब्ध भएको १९ हजार ५ सय रुपैयाँ स्वर्गीय बोहराको श्रीमती मन्जुर बोहरालाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको अध्यक्ष जित बहादुर आउजीले बताए । २४ बर्षको उमेरमा असामयिक निधन भएका बोहराको २० बर्षिया श्रीमती र २ छोराछोरी छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया