ताजा अपडेट
३ वर्षका बालक सहित डोटी जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो
डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्जु त्रिपाठी, उहाँकी सासु र तीन वर्षका छाेराको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जीप गएराति एक बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका-६ का ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने वर्ष २८ को हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने अन्दाजी वर्ष ४० की खेमादेबी गिरी, त्यही ठाउँ बस्ने वर्ष अन्दाजी २६ को टिकाराम गिरी घाइते भएका प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट घाइतेको उद्धारको काम भइरहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिनुभयो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया