Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका सात स्थानीय तहले निति तथा कार्यक्रम सार्वजनिक गरे

अछामका सात स्थानीय तहले निति तथा कार्यक्रम सार्वजनिक गरे

धिरज कुँवर (अछाम)

साँफेबगर नगरपालिकाकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाँचौ नगर सभा मार्फत नगर उपप्रमुख बिर्मला देबी बुडथापाले नगरपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागि ६० करोड ८५ लाख ५६ हजारको बजेट र निति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन ।

चालु तर्फ २२ करोड ६९ लाख र शसर्त तर्फ ३६ करोड ७१ लाख बजेट रहेको छ । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तह प्रकोप व्यवस्थापन कोषमा १ करोड २३ लाख रकम बिनियोजन गरिएको नगर प्रमुख कुलबहादुर कुँवररले बताए ।

 

बान्नीगढी जयगढ गाउँपालीकाले ०७७ र ०७८ को निती तथा कार्यक्रम गाउँसभामा पेश गरेको छ । गाउँपालीकाले चौथो गाउँ सभामा ३१ करोड २० लाख ९६ हजार ५ सय ५० रूपैयाँको बजेट पेश गरेको हो ।

 

गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले उक्त बजेट गाउ सभामा पेस गरेका थिए । बजेटले बान्नीगढी जयगढ गाउँपालीकामा ५० बेडको आईसोलशन निर्माण कार्यलाई दुर्त गतिमा अगाडि बढाउने, १५ सैयाको अस्पताल निर्माण कार्य आवश्यकिय पूर्वाधार तय गरिने, स्वास्थ्य बिमा कार्यक्रमलाई उच्च प्राथमिकता दिने निति तथा कार्यक्रम राखेको छ ।

 

आर्थिक बर्ष २०७७–०७८ को निती, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै मंगलसेन नगरपालिकाको पाचौं नगरसभा समपन्न भएको छ । 'आफ्नो जग्गा आफ्नै वारि, बाँझो नराखी बनाउ हरियाली' भन्ने मुल नारा सहित कृषीलाई प्राथमीकतामा राख्दै नगरपालीकाले पाँचौ नगरसभा अन्तर्गत निति, कार्यक्रम तथा बजेत प्रस्तुत गरेको हो ।नगर प्रमुख पदम बहादुर बोहराले पाँचौ नगरसभामा विभिन्न शिर्षकमा ६१ करोड ३ लाख ३ हजार ३ सय ९० रुपैंया बरावरको वजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको ५ औं नगरसभाले कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर निति तथा प्रस्तुत गरेको हो ।

कोरानाका कारण भारत लगायतका तेस्रो मुलुकबाट धेरै नागरिहरु भित्रिएको भन्दै अब उनिहरुलाई कृषिबाटै अत्मनिर्भर बनाउने योजना रहेको निती तथा कार्यक्रममा उल्लेख छ ।

 

मेल्लेख गाउँपालिकाले छैटौँ गाँउ सभाबाट आगमी आर्थिक बर्षका लागि अनुमानित आयव्याय सहितको ४१ करोड ६१ लाख ८९ हजार ५ सय ९० बराबरको बजेट प्रस्तुत गरेको छ । सभाले १ करोड भन्दा बढि बजेट अझै अपुग भएको नीति तथा कार्यक्रममा राखिएको छ ।

पालिका उपाध्यक्ष धनबहादुर शाहले गाँउपालिकाकाले आगामी आर्थिक बर्षका लागि ल्याएको निति तथा कार्यक्रममा विभिन्न सुचकहरु प्रस्ततु गरेका थिए ।

आर्थिक बिकास, गरिबी निबारणमा प्रत्येक्ष योगदान पुर्‍याउने उत्पादन मुलुक छिटो प्रतिफल प्राप्त गर्न सकिने जनताको जीवन स्तरमा आम्दानि रोजगारि बढाउने लगायतका कार्यक्रममा प्रथामिकता दिएको छ ।

चौरपाटी गाउँपालिकाले पनी आगामी बवर्षका लागी बजेट,निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । आज गाउसभा मार्फत उपाध्यक्ष माया कुँवरले ले आगमी कर्ष २०७७(७८ का लागी ४४ करोड २५ लाख ५४ हजार बजेट,निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । गाउपलिकाले पनी कोरोनाले पारेको यस बिषम परिस्थतिलाई मध्ये नजर गर्दे बजेट ,निति तथा कार्यक्रम ल्याएको छ ।

कमलबजार नगरपालिकाले आर्थिक बर्ष २०७७र०७८ का लागी ४३ करोड १३ लाख ३६ हजार १३ रुपैयाँ बराबरको बजेट सार्बजनिक गरेको छ । नगरपालिकाको छैठौँ नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उप प्रमुख भूमिशरण ढकाल बजगाईले सो बजेट सार्बजनिक गरेकी हुन ? । कृषि,शिक्षा स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राख्दै नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गरेको हो । कोरोनाको महामारीलाई मध्यनजर गर्दै कमलबजार नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ को बजेट ल्याएको दाबि गरेको छ ।

मानब स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले यस बर्षको बजेट कोरोना महामारी नियन्त्रणमा केन्द्रीत हुने निति तथा कार्यक्रममा उल्लेख छ ।

ढकारी गाउँपालिकाले आगामी आर्थिक बर्षको बार्षिक बजेट, निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । पाँचौ गाउँसभा मार्फत गाउँपालिका उपप्रमुख लक्ष्मी साउँदले गाउँपालिकाको आगामी आर्थिक बर्ष ०७७/७८का लागी ३६ करोड ११ लाख ६६ हजार ५० रुपैया बराबरको बजेट,निति तथा कार्यक्रम सार्बजनिक गरेकी हुन् । चालु तर्फ १७ करोड ९१ लाख ९७ हजार ५० र ससर्त तर्फ १८ करोड १९ लाख ६९ हजार बजेट रहेको छ । कृषि,शिक्षा स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गरेको हो । मानव स्वास्थ्य नै पहिलो प्राथमिकता भएकाले यस बर्षको बजेट कोरोना महामारी नियन्त्रणमा बढी केन्द्रीत हुने निति तथा कार्यक्रममा उल्लेख छ । कोरोना भाईरसका कारण उत्पन्न संकटलाई व्यवस्थापन गर्दै आर्थिक रुपले अति बिपन्न श्रमिक तथा मजदुरहरुको तथ्यांक संकलन गरी श्रममुलक प्रबिधिको प्रयोग गरी कार्यावन्यन गरिने र गाउँमै रोजगारीको सिर्जना गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सिप विकास तथा जनचेतना मुलक तालिम तथा गोष्ठी, कम्प्युटर तालिम, पशु व्यवसाय प्रवर्द्धन, कृषिलाई व्यवसायीकरण, महिला तथा बालबालिका ,खानेपानी योजनामा एक घर एक धारा, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, संस्कृति, साथै बिद्धुतको केन्द्रिय प्रसारण लाईनलाई ढकारी गाउँपालिकाको केन्द्रसम्म पुर्‍याईनुका साथै गाउँपालिकाको केन्द्र देखी वडा सम्म लाईन विस्तारका लागी आवश्यक बजेट बिनियोजन गर्ने लगायतका योजना कार्यक्रममा समावेश गरिएका छन् ।

प्रतिक्रिया