Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कसरी सहभागी हुने ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसनमा ?

कसरी सहभागी हुने  ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसनमा  ?

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको छ । हिमालयन टेलिभिजनबाट प्रशारित ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको हो । हिजो शनिबार बाट ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसन सुरु भएको कार्यक्रम उत्पादक हिमालयन टेलिभिजनले जनाएको छ ।

१६ देखि ४५ वर्ष उमेर समुहका युवा युवतिहरुले गायन विधामा प्रतिष्पर्धा गर्न सकिने यो रियालिटी शो मा सहभागीले यसपटक डिजिटल अडिसन मार्फत भाग लिन सक्नेछन् । रियालिटी शोमा भाग लिन चाहने प्रतिवाभान युवायुवतीहरुले आफ्नो गीतको भिडियो रेकर्ड पठाएर आवेदन दिन सक्ने व्यवस्था छ ।

‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलका अनुसार यसपटक डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । आवेदकले फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । उक्त रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले कोड प्राप्त गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ले मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वाइस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । ‘प्रयोगकर्ताले फेसबुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।’ कार्यक्रम निर्देशक पौडेलले भने ।

यसका अलावा कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर अडिसनका लागि समन्वय गर्न सक्छन् ।

आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्ने भनिएको छ ।
डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको अगाडिका राउण्डमा पुग्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ को पहिलो सिजनको विजेता सिडी विजय अधिकारी भएका थिए, दोस्रो सिजनको विजेता राम लिम्बु भएका थिए । ‘द भ्वाइस अफ नेपाल’का विजेता, उपविजेताले नगद पुरस्कार, म्युजिक भिडियो लगायत विभिन्न उपहार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया