Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

कसरी सहभागी हुने ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसनमा ?

कसरी सहभागी हुने  ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसनमा  ?

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको छ । हिमालयन टेलिभिजनबाट प्रशारित ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको हो । हिजो शनिबार बाट ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसन सुरु भएको कार्यक्रम उत्पादक हिमालयन टेलिभिजनले जनाएको छ ।

१६ देखि ४५ वर्ष उमेर समुहका युवा युवतिहरुले गायन विधामा प्रतिष्पर्धा गर्न सकिने यो रियालिटी शो मा सहभागीले यसपटक डिजिटल अडिसन मार्फत भाग लिन सक्नेछन् । रियालिटी शोमा भाग लिन चाहने प्रतिवाभान युवायुवतीहरुले आफ्नो गीतको भिडियो रेकर्ड पठाएर आवेदन दिन सक्ने व्यवस्था छ ।

‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलका अनुसार यसपटक डिजिटल अडिसनमा सहभागी हुन ‘दि भ्वाइस अफ नेपाल’को अफिसियल एप डाउनलोड गरी फारम भर्नुपर्छ । आवेदकले फारम भरेपछि मोबाइलमार्फत् नै गीत रेकर्ड गरी पठाउनुपर्ने छ । उक्त रेकर्ड पठाएपछि अडिसनमा सहभागीताको प्रमाणस्वरुप आबेदनकर्ताले कोड प्राप्त गर्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ले मोबाइल एपमार्फत् अडिसन दिन असमर्थ भएको खण्डमा बिभिन्न सामाजिक सञ्जालमा रहेका ‘दि भ्वाइस अफ नेपाल’का पेजमार्फत् पनि अडिसनमा सहभागी हुन सक्ने व्यवस्था गरेको छ । ‘प्रयोगकर्ताले फेसबुकमा रहेको ‘दि भ्वाइस अफ नेपाल’को पेजमा गई म्यासेन्जरमा समेत भिडियो पठाउन सक्नेछन् ।’ कार्यक्रम निर्देशक पौडेलले भने ।

यसका अलावा कुनैपनि डिजिटल माध्यममा पहुँच नहुने प्रतिभाहरु पनि अडिसनबाट बञ्चित हुनुपर्ने छैन । इन्टरनेटको पहुँच नभएका प्रयोगकर्ताले ‘दि भ्वाइस अफ नेपाल’को उत्पादन टीमको फोन नम्बर ९८४१–५३४४२८ मा फोन गरेर अडिसनका लागि समन्वय गर्न सक्छन् ।

आवेदकहरुले सोही नम्बरको भाइवर वा ह्वाट्सएपमा पनि भिडियो रेकर्ड गरी पठाएर अडिसनमा सहभागी हुन सक्ने भनिएको छ ।
डिजिटल अडिसनमार्फत् सहभागी भएका प्रतिभाहरुको क्षमता परीक्षणपछि १ सय जना प्रतिभाहरुलाई ब्लाइन्ड अडिसनमा सहभागी गराइने छ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको अगाडिका राउण्डमा पुग्नेछन् ।

‘द भ्वाइस अफ नेपाल’ को पहिलो सिजनको विजेता सिडी विजय अधिकारी भएका थिए, दोस्रो सिजनको विजेता राम लिम्बु भएका थिए । ‘द भ्वाइस अफ नेपाल’का विजेता, उपविजेताले नगद पुरस्कार, म्युजिक भिडियो लगायत विभिन्न उपहार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया