ताजा अपडेट
केन विलियमसनले विराट कोहलीलाई पछि पार्दै टेस्ट वरीयताको दोस्रो स्थानमा
भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियमसन आईसीसी टेस्ट वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । वेस्ट इण्डिजविरुद्ध दोहोरो शतक प्रहार गरेका विलियमसन ८ सय ८६ अङ्कका साथ टेस्ट वरीयताको दोस्रो स्थानमा पुगेका हुन् । वेस्ट इण्डिजसँगको खेलपछि विलियमसनको ७४ अङ्क वृद्धि भएको छ ।
भारतीय कप्तान कोहलीको पनि ८ सय ८६ अङ्क नै छ तर औसत रन रेटका आधारमा उनी विलियमसनभन्दा पछि परेका छन् । अस्ट्रेलियाका स्टिभ स्मिथ ९ सय ११ अङ्कका साथ शीर्ष स्थानमा कायमै छन् । वरीयतामा अस्ट्रेलियाका मार्नुस लबुशेन चौथो र पाकिस्तानका बाबर आजम पाँचौँ स्थानमा छन् । बलिङ वरीयतामा अस्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा रहेका छन् । इङ्ग्ल्याण्डका बेन स्टोक्स अलराउण्डरतर्फको शीर्ष स्थानमा उक्लिएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया