Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

सुदूरपश्चिमका गाडी व्यवसायी दोब्बर बढी भाडा असुल्दै , ‘गुनासो गर्दा उल्टै हप्काए प्रहरीले’

सुदूरपश्चिमका गाडी व्यवसायी दोब्बर बढी भाडा असुल्दै , ‘गुनासो गर्दा  उल्टै हप्काए प्रहरीले’

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । चर्को भाडा लिँदा आफूहरु ठगिँदै आएको उनीहरुको गुनासो छ । पटक–पटक ठगिएको गुनासो गर्दै आए पनि कसैले त्यसको सम्बोधन नगरेको उनीहरुको भनाइ छ । 

भारतबाट रोजगारी गरी नेपाल फर्किने अधिकांश यहाँका नागरिक भारतको गौरी फन्टाबाट त्रिनगर पुर्याएबापत दलाललाई रकम दिँदै आएको बताउँछन् । त्रिनगरमा यात्रा गर्दा गाडी व्यवसायीबाट ठगिने गरेको मुम्बईबाट अछाम जान डोटीको दिपायल पुग्नुभएका नव टमाटाको भनाइ छ । ‘गौरीफन्टाबाट त्रिनगर पुर्याएबापत दलालले पाँच सय भारु लियो, त्यहाँबाट घर आउन गाडी चढ्दा दुई हजार पाँच सय रुपैयाँ तिर्नुपर्‍याे ।’ उहाँ जस्तै भारतबाट रोजगारी गरी घर आउने सुदूरपश्चिमेलीहरु दिनहुँ गौरीफन्टा नाकामा लुटिँदै आएका छन् ।

भारतबाट आएका नागरिक राख्ने गौरीफन्टाको होल्डिङ सेन्टरमा प्रहरीहरु खटाइएका भए पनि प्रहरीले समेत पीडितका गुनासा नसुन्ने तथा गाडी मालिक तथा उनीहरुले खटाएका एजेण्टकै कुरा सुन्ने गरेको भारतको मदरासबाट रोजगारी गरी फर्किनुभएका डोटीको दिपायल सिलगढी नगरपालिका २ खुल्लेकका परुवा भुलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाडी मालिकले मनोमानी पैसा लिँदैछन्, यसबारे प्रहरीलाई गुनासो गर्दा सुनुवाइ नै भएन, उल्टै हप्काएर पठाए ।’ भाडा बढी लिएको विषयमा गुनासो सुन्ने निकाए नभएका कारण भारतबाट नेपाल आउने लाई निकै सास्ती हुँदै आएको त्रिनगर आसपासका स्थानीय बताउँछन् । 

सुदूरपश्चिम बस व्यवसायी समिति कैलालीले धनगढीदेखि दिपायलसम्म पाँच सय ५०, अछामको साँफे बगरसम्म सात सय ५५ तथा मङ्गलसेनसम्म नौ सय २५ रुपैयाँ भाडादर तोकेको छ । तर त्रिनगर भन्सार गेटबाट यहाँका पहाडी जिल्लामा छुट्ने गाडीका चालकले आफूखुसी धनगढीदेखि दिपायलसम्म एक हजार, अछामको साँफे बगरसम्म एक हजार पाँच सय र मङ्गलसेनसम्म दुई हजार पाँच सय रुपैयाँसम्म भाडा लिने गरेको यात्रुहरुको आरोप छ । थोरै सङ्ख्यामा गाडी राखिने तथा भारतबाट आएका नागरिकले बजारमा आएर गाडी चढ्न नपाइने नियम भएका कारण त्रिनगरमा मनोमानी ढङ्गले भाडा लिने गरेको भारतबाट फर्किनुभएका डोटीको बोगटान फुड्सिल गाउँपालिका ३ का लक्ष्मण साउदले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेशकुमार सिंहले यात्रु ठगिएको बारेमा तत्काल जानकारी लिएर छानबिन सुरु गर्न कैलाली जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यात्रु ठगिँदै आएको विषयमा जानकारी लिएर छानबिन सुरु गर्न निर्देशन दिएका छौँ, तोकिएको भन्दा बढी भाडा लिएको देखिए कानुन बमोजिम कारबाही हुनेछ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) अनुपम राणाले पनि यात्रु ठग्ने जो कोहीलाई कारबाही हुने बताउनुभयो ।  

प्रतिक्रिया