ताजा अपडेट
अछामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी रञ्जन तिमिलसैनालाई
अछाम जिल्लाको सहायक प्रमखु जिल्ला अधिकारीमा रञ्जन प्रसाद तिमिलसैना सरुवा भएर आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कार्यालयमा कार्यरत तिमिल्सैना अछाम सरुवा भएर आएका हुन् ।
तिमिल्सैना अछाम पुगेसंगै सोमबार जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएका छन् । यसअघि स्थानिय तहमा समेत काम गरेको अनुभव संगालेका तिमिल्सैनाले अछामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् । कार्यालय हाजिर भएपश्चात सुदूरआजलाई छोटो प्रतिक्रिया दिदैँ तिमिल्सैनाले प्रमुख जिल्ला अधिकारी ज्युको नेतृत्वमा सुशासन, पारदर्शिता र जनमैत्री सेवाका पक्षमा आफु सक्रिय भएर काम गर्ने बताए ।
९ बर्ष अघि सरकारी सेवा प्रबेश गरेका तिमिल्सैनाले राजनीतिक शास्त्र ,जनप्रशासमा स्नातकोत्तर र कानुनमा स्नातक सम्मको अध्यन गरेका छन ।अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं. १ कुईकामा जन्मेका तिमिल्सैना अछामको पुर्वी क्षेत्रका समाजसुधारक , शिक्षा प्रेमी , साहित्यकार समेत रहेका प्रभावशाली ब्याक्तित्वका धनी स्वर्गवासी बहिदार देवानन्द तिमिल्सैनाका नाति हुन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया