Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

ट्रक पल्टिदा, ४ जना घाइते, १ को अवस्था गम्भीर

ट्रक पल्टिदा, ४ जना घाइते, १ को अवस्था गम्भीर

कैलाली जिल्लाको चुरे गाउँपालिका ६ डुम्रेनीमा मंगलबार ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएका छन् ।

डडेल्धुराको जोगबुढाबाट अत्तरियातर्फ आइरहेको से७ख १२९ नम्बरको ट्रक अनियन्त्रित हुँदा सडकको दाहिने साइडमा पलिटँदा ४ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते हुनेमा डडेल्धुराको परशुराम नगरपालिका ४ बस्ने ट्रक चालक २९ वर्षीय दानबहादुर कामी, सोही ठाउँका १८ वर्षीय दशरथ सिलाल, ३८ वर्षीय नरेन्द्र बोहरा र २० वर्षीय करन कामी रहेका छन् । घाइते करन कामीको सिसाले टाउको काटिएको छ ।

उनको अवस्था गम्भीर रहेको प्रहरीले दिनेशखबरलाई जनाएको छ । घाइते सबैलाई उपचारका लागि अत्तरियाको पद्मा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

ट्रक घटनास्थलमै हुँदा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । साना सवारी साधन चलेपनि ठूला सवारी चल्न सकेका छैनन् । सडक खुुलाउने कार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया