Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरी नियन्त्रणमा - कंचनपुर

अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरी नियन्त्रणमा - कंचनपुर

कंचनपुरमा अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेदकोट नगरपालीका वडा न. ३ र ४ मा खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगीको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।  बगुन खोलामा मापदण्ड विपरीत उत्खननमा प्रयोग भएका जेसिवी प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध उत्खननमा प्रयोग भएका उपकरण प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको प्रहरीले जनाएको छ।अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई कानुन बमोजिम कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

नगरपालिकाले ठेक्का दिएका खोलानालाबाट अवैध रूपमा ढुंगा, बालुवा उत्खनन भएपछी प्रशासनले उक्त कदम चालेको जनाइएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनअनुसार पुलपुलेसा, कल्भर्ट, नहर, वन, चुरे र तटबन्धको ५ सय मिटरभित्रको क्षेत्रबाट ढुंगा, बालुवा, ग्राभेल र माटो झिक्न नपाइने मापदण्ड निर्धारण गरिएको भएपनी खोलानालामा नियमानुसार अनुसार उत्खनन भएको छैन ।

बेदकोट नगरपालिकाले नदीजन्य सामाग्री उत्खननका लागि वातावरण प्रभाव मुल्यांकन गरेको भएपनि खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएको छ ।
नगरपालिकाले गरेको वातावरणीय प्रभाव मुल्यांकनमा गहिराई १ मिटर उत्खनन गनुपर्ने प्रावधान रहेको छ तर पनि चुरे फेदमा १ मिटर भन्दा बढी उत्खनन भएको छ । बेदकोट नगरपालिकाले नगरभित्रका खोलामा नदीजन्य सामाग्री उत्खननका लागि अमृत कन्ट्रक्सनलाई रु ८५ लाखमा ठेक्का दिएको हो। अवैध उत्खनन भइरहेको देख्दादेख्दै स्थानीय सरकार भने मौन रहेको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ