Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरी नियन्त्रणमा - कंचनपुर

अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरी नियन्त्रणमा - कंचनपुर

कंचनपुरमा अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेदकोट नगरपालीका वडा न. ३ र ४ मा खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगीको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।  बगुन खोलामा मापदण्ड विपरीत उत्खननमा प्रयोग भएका जेसिवी प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध उत्खननमा प्रयोग भएका उपकरण प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको प्रहरीले जनाएको छ।अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई कानुन बमोजिम कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।

नगरपालिकाले ठेक्का दिएका खोलानालाबाट अवैध रूपमा ढुंगा, बालुवा उत्खनन भएपछी प्रशासनले उक्त कदम चालेको जनाइएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदनअनुसार पुलपुलेसा, कल्भर्ट, नहर, वन, चुरे र तटबन्धको ५ सय मिटरभित्रको क्षेत्रबाट ढुंगा, बालुवा, ग्राभेल र माटो झिक्न नपाइने मापदण्ड निर्धारण गरिएको भएपनी खोलानालामा नियमानुसार अनुसार उत्खनन भएको छैन ।

बेदकोट नगरपालिकाले नदीजन्य सामाग्री उत्खननका लागि वातावरण प्रभाव मुल्यांकन गरेको भएपनि खोलाहरुमा मापदण्ड विपरीत उत्खनन भएको पाइएको छ ।
नगरपालिकाले गरेको वातावरणीय प्रभाव मुल्यांकनमा गहिराई १ मिटर उत्खनन गनुपर्ने प्रावधान रहेको छ तर पनि चुरे फेदमा १ मिटर भन्दा बढी उत्खनन भएको छ । बेदकोट नगरपालिकाले नगरभित्रका खोलामा नदीजन्य सामाग्री उत्खननका लागि अमृत कन्ट्रक्सनलाई रु ८५ लाखमा ठेक्का दिएको हो। अवैध उत्खनन भइरहेको देख्दादेख्दै स्थानीय सरकार भने मौन रहेको छ । 

प्रतिक्रिया