Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिमको हिमाली भू–भागमा हिमपातको सम्भावना, काठमाडौंमा मौसम बदली

सुदूरपश्चिमको हिमाली भू–भागमा हिमपातको सम्भावना, काठमाडौंमा मौसम बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यनूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने विभागले जनाएको छ । 

“विहान साढे ६ बजे ९ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने छ,” मौसमविद् “मीनकुमार अर्याल भन्छन्, “आज काठमाडौंमा खासै घाम लाग्ने छैन । काठमाडौंको मौसम दिनभर बदली हुने छ ।”

दिउँसो प्रदेश नं.१, प्रदेश नं. २, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी स्थानहरुमा मौसम सफा रहनेछ । आज राति सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

प्रदेश नं १ र वागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । 

प्रतिक्रिया