Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कुरियर सेवा प्रदायक कम्पनि 'द गरुडा एक्सप्रेस' को धनगढी शाखा बाट सेवा शुरु

कुरियर सेवा प्रदायक कम्पनि 'द गरुडा एक्सप्रेस' को धनगढी शाखा बाट सेवा शुरु

धनगढी । कैलालीमा 'द गरुडा एक्सप्रेस' प्रा.लिले आफ्नो पहिलो शाखा विस्तार गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका एलएन चौकबाट गरुड़ एक्सप्रेस ले सेवा दिन थालेको हो । विगत २ बर्षदेखि काठमाण्डौंबाट सेवा प्रदान गर्दै आएको एक्सप्रेसले सुदूरपश्चिममको धनगढीमा शाखा विस्तार गरेर सेवा दिन थालेको हो ।

शाखा प्रमुख यज्ञराज भट्टका अनुसार देशभरका सबै जिल्लाहरुमा सञ्जाल भएपनि उपत्यका बाहिर पहिलो पटक शाखा विस्तार गरिएको हो । उनले देशभर शाखा विस्तार गर्ने लक्ष्य सहित कैलाली बाट सुरुवात गरिएको जानकारी दिए । द गरुडा एक्सप्रेस कुरियर कम्पनी हो। कम्पनीले एक ठाउँको सामान अर्को ठाउँमा सुरक्षित तरिकाले पुर्‍याउदैं आएको छ ।

शाखा प्रमुख भट्टले नेपालमा थुप्रै कूरियर कम्पनी भएपनि गरुड एक्सप्रेस एकै दिन मा पिकअप र डेलिभरी गर्ने एक मात्र कम्पनी रहेको बताए । योसंगै कम्पनीले १ घण्टा एक्सप्रेस सेवा पनि सञ्चालनमा राखेको छ। यो सेवा अति आवश्यक परेको समयमा लिन सकिन्छ ।

२०७५ सालमा स्थापना गरिएको उक्त कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौं व्यक्तिहरुलाई रोजगारी प्रदान गरेको छ । निकट भविष्यमा ७ वटै प्रदेशमा साखा बिस्तार गर्ने योजना रहेको सस्थापक सदस्य तथा कार्यकारी प्रमुख लोकेन्द्र सिंह साउँदले जानकारी दिए ।  

पहिलो चरणमा ७ वटै प्रदेशमा शाखा विस्तार गर्ने र अर्को चरणमा ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गर्ने उनले बताए । आफ्नै अनलाइन प्रणालीबाट सेवा प्रदान गर्दै आएको उक्त कम्पनीको वेबसाइट मा गएर आफ्नो सामान सुरक्षित साथ पठाउन अर्डर गर्न सकिन्छ । 

प्रतिक्रिया