ताजा अपडेट
सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसियो - कञ्चनपुर
कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो बेलौरीको चोक चोकमा टाँसिएको छ। निर्माण सम्पन्न म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेका हुन। कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन। आर्थिक वर्ष २०७२/०७३ मा सो सडक निर्माण सुरु भएको थियो।
तर दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ। ‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन’ स्थानीय खडक शाहले भने, ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा ठेकेदारलाई मतलब छैन।’ स्थानीयका अनुसार बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन।

सोही रोष पोख्न उनीहरुले सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फाटो सार्वजनिक स्थानमा टाँसेको बताइएको छ।
यता हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दशैंपछि निर्माण कम्पनी सडकको काममा नफर्र्किएको बताएका छन्। उनले गत मंसिरमा नै योजनाको म्याद सकिएकोमा थप म्याद नभएको समेत बताए। यसबारे दिनेशखबरले निर्माण कम्पनीका सञ्चालक चक्रदिप शाहीलाई सम्पर्क गर्दा उनको फोन उठेन।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया