Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसियो - कञ्चनपुर

सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसियो - कञ्चनपुर

कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो बेलौरीको चोक चोकमा टाँसिएको छ। निर्माण सम्पन्न म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेका हुन।  कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन। आर्थिक वर्ष २०७२/०७३ मा सो सडक निर्माण सुरु भएको थियो।

तर दशैंपछि उक्त सडकको निर्माण कार्य ठप्प छ। ‘दशैंपछि ठेकेदार देखिन पनि छाडेका छन’ स्थानीय खडक शाहले भने, ‘काम गतवर्ष नै सक्नुपर्ने हो तर थपेको म्याद पनि सकिँदा ठेकेदारलाई मतलब छैन।’ स्थानीयका अनुसार बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर सडकमा ४ किलोमिटर पनि काम भएको छैन। 

सोही रोष पोख्न उनीहरुले सडक निर्माणको ठेक्का पाएको सिद्धी शाही प्रकाश कन्सट्रक्सनका सञ्चालक चक्रदिप शाही र उनका नजिकका पट्के ठेकेदारका फाटो सार्वजनिक स्थानमा टाँसेको बताइएको छ। 

यता हुलाकी सडक योजना कार्यालय धनगढीका सूचना अधिकारी पदमबहादुर मडैले दशैंपछि निर्माण कम्पनी सडकको काममा नफर्र्किएको बताएका छन्। उनले गत मंसिरमा नै योजनाको म्याद सकिएकोमा थप म्याद नभएको समेत बताए।  यसबारे दिनेशखबरले निर्माण कम्पनीका सञ्चालक चक्रदिप शाहीलाई सम्पर्क गर्दा उनको फोन उठेन। 

प्रतिक्रिया