Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

यी ६ खानेकुरा खानाले जाडोयाममा हुनेछ फाइदै फाइदा

यी ६ खानेकुरा खानाले जाडोयाममा हुनेछ फाइदै फाइदा

चिसो मौसममा सधैं केही तात्तातो खानेकुरा खान मनपर्छ । यो मौसममा तारेको, भुटेको खानेकुराको सेवन हामी बढी गर्छौं जसका कारण पेटमा विभिन्न प्रकारको समस्या देखिन थाल्छ । जाडोयाममा खाली पेटमा केही खानेकुरा खाँदा यसले शरीरलाई निकै फाइदा पुर्याउँछ । यस्ता खानेकुराले तपाईंलाई दिनभरी ऊर्जावान् राख्छ, शरीरलाई तातो बनाइराख्छ र तपाईंको तौललाई पनि नियन्त्रण गर्छ । आउनुहोस्, यस्ता खानेकुराबारे जानकारी लिऔंः

मनतातो पानी र महः

चिसो मौसममा आफ्नो दिनको सुरुवात मनतातो पानी र महसँगै गर्नुहोस् । मह मिनरल्स, भिटामिन, फ्लेवोनोइड्स र एन्जाइमले भरिपूर्ण हुन्छ । यस्ता तत्वले आन्द्रालाई सफा राख्छ । मनतातो पानीमा मह मिसाएर पिउँदा सबै विषाक्त पदार्थ शरीरबाट बाहिर निस्कने गर्छ । यसबाहेक यो तौल घटाउन पनि निकै सहयोग गर्छ । 

भिजाएको बदामः

बदाम (एल्मोन्ड) मा म्यागनिज, भिटामिन ई, प्रोटिन, फाइबर, ओमेगा–थ्री र ओमेगा–सिक्स फ्याटी एसिड पाइन्छ । बदामलाई सधैं राती भिजाएर बिहान खानुपर्छ । बदामको बोक्रामा टेनिन हुन्छ जसले शरीरमा पोषक तत्वको अवशोषण रोक्छ । बदाम भिजाएपछि यसको बोक्रा निकै सजिलै निस्कने गर्छ । बदामले पोषण दिनुका साथै शरीरलाई तातो पनि राख्छ । 

नट्सः

नास्ता गर्नुअघि एक मुठ्ठी नट्स खाँदा पेटको स्वास्थ्य सही रहन्छ । यसले तपाईंको पाचन क्रियालाई सुधार्नुका साथै पेटको पिएच स्तरलाई सामान्य गर्न पनि मद्दत गर्छ । तपाईं आफ्नो दैनिक आहारमा किसमिस, बदाम र पिस्ता समावेश गर्नुहोस् । यसलाई अत्यधिक मात्रामा पनि नखानुहोस् नभए शरीरमा डाबर आउनसक्छ । 

ओटमीलः

ओटमीलभन्दा राम्रो ब्रेकफास्ट अरु केही हुन सक्दैन । यदि तपाईं कम क्यालोरी र पोषक तत्वले भरपुर केही खान चाहनुहुन्छ भने ओटमील खानुहोस् । यसले शरीरबा विषाक्त पदार्थ बाहिर निकाल्छ र आन्द्रलाई स्वस्थ राख्छ । ओटमील खाँदा धेरै बेरसम्म भोक लाग्दैन तसर्थ तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ । 

मेवाः
आन्द्रालाई स्वस्थ राख्नुका साथै मेवाले पेटका विभिन्न समस्या पनि टाढा राख्ने गर्छ । मेवालाई खाली पेटमा खाने सुपरफुड मानिन्छ । मेवा हरेक मौसममा जहाँ पनि पाइन्छ । यसलाई तपाईं निकै सजिलै आफ्नो ब्रेकफास्टको रुपमा खान सक्नुहुन्छ । यसले कोलेस्ट्रोललाई पनि कम गर्छ, मुटु रोगलाई पनि टाढा राख्छ र तौल पनि घटाउँछ ।

भिजाएको ओखरः
बदाम झैं ओखर पनि भिजाएर खाँदा यसले बढी फाइदा पुर्याउँछ । आफ्नो दिनको सुरुवात राती भिजाएको ओखर खाएर गर्नुहोस् । सुख्खाको साटो भिजाएको ओखरमा पोषक तत्व बढी हुन्छ । २–५ वटा ओखर राती भिजाउनुहोस् र बिहान उठेर खाली पेट खानुहोस् । 

प्रतिक्रिया