Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २५ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

प्रधानाध्यापकको हत्यापछि गाउँ त्रसित

प्रधानाध्यापकको हत्यापछि गाउँ त्रसित

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रधानाध्यापक श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरणपछि घाँटी रेटेर हत्या गरेका थिए । सुराकीको आरोपमा हत्या गरिएको नेकपाले जनाएको छ । 

तर, स्थानीय बासिन्दा भने माग गरेअनुसार चन्दा नदिएका कारण हत्या गरिएको बताउँछन् । स्थानीय बासिन्दाका अनुसार असारमा विप्लवका कार्यकर्ताले १० हजार चन्दा माग गरेका थिए । श्रेष्ठले पाँच हजार दिन सक्ने भनेपछि चन्दा नलिई फर्किएका थिए । केही दिनअघि पनि खसी मागेका थिए । उनले दिएका थिएनन् । त्यसैले उनको हत्या गरिएको स्थानीय बासिन्दाको भनाइ छ । 

प्रधानाध्यापक श्रेष्ठको हत्यापछि गाउँ नै शोकमा डुबेको छ । यस घटनाबारे कोही पनि खुलेर बोल्दैनन् । सबै त्रसित अवस्थामा छन् । उनका श्रीमती र दुई छोराछोरी पनि त्रसित छन् । अपहरणपछि हत्या घटनाप्रति प्रदेश १ सरकारले चासो दिएको छ ।

बुधबार प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विज्ञप्ति जारी गरी शिक्षकको हत्या घटनाले प्रदेश सरकार स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नहरूलाई जसरी पनि पक्राउ गरेर कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले मृतकको परिवार र गाउँवासीलाई संयमता अपनाउन र अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रदेश १ सभामा मुख्य प्रतिपक्षी दल कांग्रेसले पनि शिक्षक हत्या घटनाको विरोध गरेको छ । प्रमुख सचेतक केदार कार्कीले घटनालाई आततायी भन्दै दोषीलाई पक्राउ गर्न र स्थानीयवासीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । उनले मोरङको उत्तरी क्षेत्रमा सुरक्षा बेसक्याम्प तुरुन्त राख्न पनि सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया