Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

प्रधानाध्यापकको हत्यापछि गाउँ त्रसित

प्रधानाध्यापकको हत्यापछि गाउँ त्रसित

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रधानाध्यापक श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरणपछि घाँटी रेटेर हत्या गरेका थिए । सुराकीको आरोपमा हत्या गरिएको नेकपाले जनाएको छ । 

तर, स्थानीय बासिन्दा भने माग गरेअनुसार चन्दा नदिएका कारण हत्या गरिएको बताउँछन् । स्थानीय बासिन्दाका अनुसार असारमा विप्लवका कार्यकर्ताले १० हजार चन्दा माग गरेका थिए । श्रेष्ठले पाँच हजार दिन सक्ने भनेपछि चन्दा नलिई फर्किएका थिए । केही दिनअघि पनि खसी मागेका थिए । उनले दिएका थिएनन् । त्यसैले उनको हत्या गरिएको स्थानीय बासिन्दाको भनाइ छ । 

प्रधानाध्यापक श्रेष्ठको हत्यापछि गाउँ नै शोकमा डुबेको छ । यस घटनाबारे कोही पनि खुलेर बोल्दैनन् । सबै त्रसित अवस्थामा छन् । उनका श्रीमती र दुई छोराछोरी पनि त्रसित छन् । अपहरणपछि हत्या घटनाप्रति प्रदेश १ सरकारले चासो दिएको छ ।

बुधबार प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विज्ञप्ति जारी गरी शिक्षकको हत्या घटनाले प्रदेश सरकार स्तब्ध भएको बताएका छन् । उनले हत्यामा संलग्नहरूलाई जसरी पनि पक्राउ गरेर कानुनी कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । उनले मृतकको परिवार र गाउँवासीलाई संयमता अपनाउन र अनुसन्धानमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

प्रदेश १ सभामा मुख्य प्रतिपक्षी दल कांग्रेसले पनि शिक्षक हत्या घटनाको विरोध गरेको छ । प्रमुख सचेतक केदार कार्कीले घटनालाई आततायी भन्दै दोषीलाई पक्राउ गर्न र स्थानीयवासीको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् । उनले मोरङको उत्तरी क्षेत्रमा सुरक्षा बेसक्याम्प तुरुन्त राख्न पनि सरकारसँग आग्रह गरेका छन् । 

प्रतिक्रिया