ताजा अपडेट
विश्वभर फेसबुक मेसेन्जर डाउन, सामाजिक सञ्जालमा प्रयोगकर्ताले पोखे रिस
फेसबुक मेसेन्जर डाउन भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका छन् ।
अनलाइन सेवामा आधारित सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार यो आउटेज समस्याका कारण लाखौं प्रयोगकर्ताले मेसेन्जरको सेवा प्रयोग गर्न सकिरहेका छैनन् । यस्तो समस्या नेपाल मात्र होइन बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्ड लगायतका अन्य देशका फेसबुक प्रयोगकर्ताहरुले पनि सामना गरिरहेका छन् ।
डाउन डिटेक्टरका अनुसार प्रत्येक मिनेट २४ सय प्रयोगकर्ताले मेसेन्जर लगईन गर्न, म्यासेज पठाउन र कल रिसिभ गर्न सकिरहेका छैनन् ।
डाउन डिटेक्टरमा गुनासो गर्ने आधाभन्दा धेरै प्रयोगकर्ताहरुले सन्देश प्राप्त गर्न नसकिरहेको उल्लेख गरेका छन् भने ३१ प्रतिशतले सर्भर नै नभएको र १५ प्रतिशतले लगईन नभएको बताएका छन् । सामाजिक सञ्जालमा समेत प्रयोगकर्ताहरुले आक्रोश पोखिरहेका छन् ।
यस समस्याको कारण र कुन समयमा समाधान हुन्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया