Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको साढे ८७ लाख अनियमितता

खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको साढे ८७ लाख अनियमितता

खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताबापत एक वर्षमा झन्डै साढे ८७ लाख रुपैयाँ अनियमितता भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको गुनासोपछि असोज १४ मा गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सरिता खड्काको संयोजकत्वमा छानबिन समिति बनेको थियो । समितिले आर्थिक वर्ष २०७६/७७ मा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा मृत्यु भइसकेका, बसाइँ सरेका, हुँदै नभएका व्यक्तिका नाममा नक्कली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता निकासा गरिएको उल्लेख छ । एकै जनाका नाममा दुई पटकसम्म तथा अर्कै वडाका व्यक्तिका नाममा समेत भत्ता दिइएको पाइएको छ ।

सामाजिक सुरक्षा भत्ताबापत साकेला–१ बाँझेच्यानडाँडामा २० लाख ३४ हजार ४ सय रुपैयाँ, वडा–२ रतन्छामा १२ लाख २८ हजार, वडा–३ खिदिमामा ११ लाख ८७ हजार २ सय, वडा–४ माथिल्लो मात्तिममा २२ लाख ८७ हजार २ सय र वडा–५ तल्लो मात्तिममा २० लाख ४८ हजार रुपैयाँ अनियमितता भएको समितिले जनाएको छ । चालु आवमा भएका अनियमिततामा संलग्नबाट सबै रकम असुल उपर गरेपछि फेरि छानबिन गरिने समिति संयोजक खड्काले बताइन् ।

सामाजिक सुरक्षा भत्ता दुरुपयोग गर्ने जोसुकैलाई पनि कानुनी कारबाही गरिने गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले प्रतिबद्धता जनाए । ‘अनियमितता गर्ने जोसुकै भए पनि सामाजिक सुरक्षा ऐन २०७५ र सामाजिक सुरक्षा नियमावली २०७६ अनुसार कारबाही हुन्छ,’ उनले भने ।

प्रतिक्रिया